नागरिक पोष्ट News


स्थानीय व्यक्तिलाई विकासको जिम्मेवारी दिऊँ  -  प्रधानमन्त्री देउवा 

1K

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेको बताउनु भएको छ ।

ललितपुरमा रहेको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आज शनिबार आयोजित समारोहमा प्रधानमन्त्री देउवाले स्थानीयहरुलाई नै विकास निर्माणको काम दिनुपर्ने बताउनु भएको हो ।

उहाँले विकास निर्माणको काम स्थानीय सरकारलाई दिइएकाले अधिकांश काम छिटो तथा गुणस्तरी ढंगबाट सम्पन्न भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘स्थानीयलाई नै विकासको काममा जिम्मेवारी दिन अति आवश्यक छ । अहिलेसम्म राम्रो काम भएको पनि छ । सबै ठाउँमा त भन्न सकिँदैन । ऐतिहासिक धाम र सांस्कृतिक दृष्टिकोणले भरिपूर्ण रहेको ललितपुर कला संस्कृतिको क्षेत्रले चिनिन्छ ।’

२०७२ सालको भूकम्पले भीमसेन मन्दिरमा क्षति पुर्‍याएको थियो । उक्त मन्दिरको पुनर्निर्माण स्थानीय व्यवसायी र दाताहरुको आर्थिक सहयोगमा भएको हो । पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर पुनर्निर्माणका लागि ललितपुर महानगरपालिकाले पनि आर्थिक सहयोग गरेको थियो । फाइन आर्ट सिटीको नामले चिनिएको ललितपुरको पहिचान यहाँका सम्पदा हुन् । यो मन्दिर झण्डै तीन सय वर्ष अघि श्रीनिवास मल्लको पालामा निर्माण भएको हो । 

Must View