सुनको मुल्यफेरी बढ्यो, तोलाको एक लाख एक हजार
काठमाडौ । नेपाली बजारमा सुनचाँदीको मुल्य अस्थिर भएको छ । कहिले लगातार उकालो चढ्ने र कहिले लगातार ओरालो लाग्ने क्रम देखिएको छ । केही दिन यता घट्न थालेको सुनचाँदीको मुल्य विहिवार फेरी बढेको छ ।
नेपाली बजारमा बिहीबार सुनको मूल्य १ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ३ सय रुपैयाँमा कारोबार भएको छ ।
बुधबार सुन तोलाको ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको भाउ तोलाको ९९ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेको छ । बुधबार १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ७५ रुपैयाँ कायम भएको छ ।
अन्तराट्रिय वजारमा सुनचाँदीको मुल्य बढेका कारण नेपालमा पनि यसको मुल्य बढ्दै गएको छ । सुनको मुल्य नेपालमा एक लाख ५ हजार रुपैया माथि सम्म पुगेको छ ।