नागरिक पोष्ट News


केपी ओलीको एक फोन कलले करिश्मा मानन्धर एमाले प्रवेश गरिन्

1.4K

काठमाडौं :अभिनेत्री करिश्मा मानन्धरको माेबाइल फोनमा नयाँ नम्बरबाट फोन आयो । ट्रु कलर आईडीमा केपी शर्मा ओली देखायो । उनलाई लाग्यो, कतै देशकै निवर्तमान प्रधानमन्त्रीको फोन कल त होइन् । फेरि सोचिन् प्रधानमन्त्री जस्तो मान्छेले मलाई किन फोन गर्नुभयो ? कुरा गर्दै जाँदा नभन्दै उनै ओलीको फोन रहेछ । जब ओलीले करिश्मा परीक्षा कस्तो भइरहेको छ ? भन्दा उनलाई आफ्नै घरको मुलीले छोराछोरीसँग प्रश्न गरेजस्तो लाग्यो ।  आधुनिकताको यो दौडमा सद्भाव र मायाको दूरी मेटाउन देशकै निवर्तमान प्रधानामन्त्रीबाट फोन आउनु सामान्य कुरा होइन् । एउटा सामान्य कलाकारलाई फोन गरेर परीक्षा कस्तो भइरहेको छ ? स्वास्थ्य अवस्था कस्तो छ ? जस्ता जिज्ञासा राखेपछि करिश्माले ओलीलाई आफ्नो आइडल मान्न थालिन् । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको पार्टी नयाँ शक्ति नेपालबाट उनले राजनीतिक यात्रा सुरु गरेकी थिइन् । भट्टराईले नयाँ शक्तिलाई जनता समाजवादी पार्टीसँग एकता गराएपछि उनी निष्क्रिय भइन् । उनले आफ्नो पढाइलाई र कलाकारितालाई मात्र अगाडि बढाइरहेकी थिइन् । त्यहीबेला ओलीले फोन गरे । ओलीको फोनपछि उनमा पुनः राजनीतिको मोह जाग्यो । उनले ओलीलाई नजिकबाट नियाल्न थालिन् । उनका भाषण र विचारलाई सुन्न थालिन् । जति जति सुन्दै गइन्, उनलाई ओली र एमालेप्रति आकर्षण जाग्न थाल्यो । उनले तारन्तार ओलीबारे र उनीसँग सम्बन्धित स्टाटस फेसबुकमा लेख्न थालिन् । ओलीको फोनबाट दंग परेकी करिश्माले ओली निवास बालकोटमै पुगेर भेट गरेकी थिइन् । भेटको क्रममा उनले ओलीबाट धेरै राजनीतिक तथा समसामयिक विषयमा कुरा सुन्ने मौका पाइन् । ओलीसँगै बसेर उनको विचार सुनेपछि उनी त ‘वान साइडेड लभर’ जस्तै बनिन् ।  उनी एमाले प्रवेश गरेकी छन् । एमाले पार्टी प्रवेश गर्दै उनले ओली र एमालेको प्रशंसा गरिन् । एमाले प्रवेश गर्नुको प्रमुख कारण भनेको, ओलीको व्यक्तित्व नै प्रमुख रहेको प्रष्ट पारिन् । पार्टी प्रवेश कार्यक्रममा करिश्माले नेता भनेको पथप्रदर्शक हुने भन्दै ओलीमा त्यो प्रतिबद्धता र कुशलता पाएको बताइन् । ओलीको इनर्जी देखेर आफू ताजुब भएकीसमेत बताइन् ।  

Must View