गैंडाको आक्र’मणपछि भाग्ने क्रममा दलदलमा डुबेर ज्यान गुमाएका सैनिक जवानको सम्मानका साथ अन्त्येष्टि
गैंडाकोआ’क्र’म’णपछि भाग्ने क्रममा ज्या’न गु’मा’एको सैनिक जवानको उदयपुरको गाईघाटमा सैनिक सलामीका साथ शुक्रबार अ’न्त्ये’ष्टि गरिएको छ ।चितवन वन्यजन्तु राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खड्गदल गणमा कार्यरत नेपाली सेनाका एक जवानको गैंडाको आ’क्र’म’णपछि भाग्ने क्रममा दलदलमा डुबेर ज्या’न गएको थियो ।
निकुञ्ज सुरक्षार्थ खटिएका खड्ग दल गणको साईली माईली पोष्टमा कार्यरत उदयपुरको त्रियुगा नगरपालिका-११ सिद्धार्थ टोलका गाईघाटका २८ वर्षीय पवन कटुवालको ज्यान गएको थियो ।
मृतक कटुवालको श’व त्रियुगा नगरपालिका-१२ स्थित त्रियुगा नदि किनारामा रहेको आ’र्य’घा’टमा नेपाली सेनाका टोलीले अन्तिम सलामी दिएका थिए । मृतक कटुवालको शव सैनिक हेलिकोप्टरद्धारा ल्याइएको थियो । श्रद्धा’न्जली दिन प्रदेश १ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की, प्रदेश सांसद अम्बिका थापा लगायतको उपस्थित थियो ।
बुधबार राति निकुञ्जमा गस्तीमा निस्किएका कटुवाल एक्कासि गैडासँग जम्का भेट भएपछि गैंडाले आ’क्र’म’ण गर्दा भाग्ने क्रममा दलदल पोखरीमा डुबेका हुन् । मृ’त’क कटुवालको एक छोरी र श्रीमती छन् ।
Source : www.nepalraibar.com