नागरिक पोष्ट News


मानव बेचबिखन,बदलिदो स्वरुप र न्युनिकरण उपायहरुको लागि शान्ति फाउण्डेशनको नगर समिति अभियान 

2.6K

काठमाडौं ।  मानव बेचबिखन मानवता बिरुद्धको तेस्रो ठूलो संगठित फौजदारी अपराध हो जसको न्युनीकरण गर्नु आजको आवश्यक्ता छ । बढ्दो बिश्वब्यापीकरण,खुल्ला बजार, सुचना तथा संचारको प्रयोग र आर्कषण मानव बेचबिखनको कारण बनेको छ । बिगतमा भारतसंग खुला सिमाना भएको कारणले अधिकांश नेपाली महिला तथा बालबालिकाहरु योेैन शोषणको लागि बेचिन्थिए तर अहिलेको  बिश्वब्यापीकरणको प्रभाव र संचार माध्यमको गलत प्रयोग  मानव बेचबिखनको कारक तत्वको रुपमा स्थापित हुदै गएको छ र संसारभरि बेचबिखनमा परेका छन ।  खुला सिमानाको कारणले भारतमा बेचबिखन त छदैछ यसको अलवा हालको समयमा  बैदेशिक रोजगारी बसाइसराइ, विवाह र उच्च शिक्षाको नाममा पनि बेचबिखन बढ्दो क्रममा छ । आन्तरिक बेचबिखन पनि बढ्दै गएको छ र नेपाल स्रोत, टान्जिट र गन्तब्य मुलुक समेत बनेको छ । वर्तमान समयमा मानब बेचबिखनमा गरिब र अशिक्षित मानिस पर्ने सम्भावना भएपनि शिक्षित र आर्थिक अवस्था राम्रो भएका मानिसहरु  समेत मानव बेचबिखनमा परेका छन् । मानब बेचखिनमा महिला र बालबालिकाको मात्र बेचबिखन नभइ परुषहरु पनि परेका छन् त्यसैले चेलीबेटी बेचबिखनबाट मानव बेचबिखन भइ यसको परिभाषा र छेत्र बृहत र बिस्तृत  भएको छ । 

मानव बेचबिखन केबल यौन शोषण मात्र नभइ,कम सविधा दिएर धेरै काम लगाउनु,बाध्यकारी कामहरु गराउनुु,अंग प्रत्यारोपणका लागि, बिबाहका लागि र अन्य प्रयोजनको लागि पनि हुने गरेको छ । वयस्क मनोरन्जन क्षेत्र जस्तै नृत्य बार, दोहोरी साँझ, मसाज पार्लर र  क्याबिन “रेष्टुरेन्टहरू“ एक प्रकारको वेश्यालय जसरी नेपालका वयस्क मनोरन्जन क्षेत्रमा यौन बेचबिखनका साथै श्रम शोषण हुने गरेको पाइन्छ । हाल नेपालमा आन्तरिक बेचबिखन पनि दिनानुदिन बढ्दै गएको र मनोरंन्जन छेत्र बाहिय बेचबिखनको गन्तब्य थलोको रुपमा बिकशित हुदै गएको छ ।     शान्ति फाउण्डेशन मानव बेचबिखन प्रभावित तथा एच.आइ.भि संक्रमित महिलाद्धारा स्थापित संस्था हो जसले ‘हाम्रो सम्मान ’ परियोजना अन्तर्गत काठमाण्डौं जिल्लामा मानव बेचबिखन बिरुद्ध जिल्ला स्तर,नगर स्तर देखि वडा स्तरसम्म समिति गठन गरि त्यस समितिलाई सबलिकरण र शसन्तीकरण गर्दै लैजाने र मानव बेचबिखन जस्तो जगन्य अपराधलाई न्यनिकरण गर्ने कार्य गर्दै आएको छ । जस अनुसार काठमाण्डौ नगरपालिका वडा नं १४ मा पनि यसले आफ्नो समिति गठन गरिसकेको छ ।  संस्थाले गरेको राम्रो काममको प्रशंसा गर्दे वडाको वडा अध्यक्ष शोभा सापकोटाले पनि यस्तो कार्य गर्नु आजको आवश्यकता भएको र आफ्नो अनुभव पनि सुनाउनु भयो । वडा अध्यक्ष हुदै गर्दा आफुले यस्ता धेरै केश हरु हेरको र धेरै महिलाहरुलाई बचाउको अनुभव सुनाउदै महिला मात्र नभएर पुरुष पनि बेचिने उहाँले सुनाउनु भयो ।  यसरी बनाएको समितीमा वडा स्तरमै मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति गठन भएको छ जसलाई क्रियासिल र शसक्त बनाउनु आजको आवश्यक्ता छ जुन समितिको प्रमुख जिम्मेवारी रहन्छ । जसबाट  मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि उल्लेखित रुपमा सहयोग पुर्याउँदछ ।      मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण न्यनीकरण गर्नको लागिः 

  •     जोखिम छेत्रको पहिचान र अनुगमन गर्ने जसको फलस्वरुप पिडितको उद्धार,संरक्षण र  न्यायमा पहुुच पुग्नेछ ।
  •     तथ्याड्ढ संकलन गर्ने र प्रभावकारी ब्यबस्थापन गर्ने ।
  •     स्थानिय सहायता कोषको स्थापना र कार्यान्वयन गर्ने ।
  •     जोखिम छेत्र र समुदायलाइ लक्षित गरि बिभिन्न सचेतनामुलक कार्य संचालन गर्ने ।
  •     किशोर किशोरीलाई लक्षित गरि मानव बेचबिखन,ओसारपसार र आधुनिक दासता बिरुद्ध स्कुल अभिमुखीकरण                  कार्यक्रम संचालन गर्ने ।
  •     सामाजिक संजालको सहि सदुपयोगको लागि अभिमुखीकरण कार्यक्रम संचालन गर्ने । 
  •     मानब बेचबिखन प्रभावित र उच्च जोखिममा रहेका ब्यातिmलाइ सिपमुलक तालिम दिई आर्थिक रुपले ससक्त बनाउने ।
  •    मानव बेचबिखन बिरुद्ध नगर स्तरमा र वडा स्तरमा समिति  गठन गर्ने र त्यो समितिलाई सवलिकरण र शसक्तिकरण          गर्दै  लैजाने ।
  •    राष्टिय स्तरको, जिल्ला स्तरको, नगरस्तरको र वडा स्तरको मानव बेचबिखन बिरुद्धको समिती सकृय भइ समन्वय र                सहकार्यमा क्रियाशिल रुपमा काम गर्ने ।

 

Must View