हिडौं स्वस्थ रहौं’ भन्ने नारा सहित उल्टो हिडेर मेची महाकाली पैदल यात्रा
काठमाडौँ - उल्टो हिडेर मेची महाकाली पैदल यात्रामा निस्किएका ऋषि परियार २५ औ दिनमा आज मंगलबार हेटौंडा आइपुगेका छन् ।
दाङको तुलसीपुर–३ रानागाउँका ३० वर्षीय परियारले माघको १५ गतेबाट उल्टो पैदल यात्रा थालेका थिए । काँकरभिट्टाको मेची नदि किनारबाट उल्टो पैदलयात्रा सुरु गरेका थिए ।दुई महिनाभित्र महाकाली पुग्ने योजना बनाएका परियारले दैनिक ३० देखि ४० किलोमिटर यात्रा गर्ने गरेको बताएका छन् ।
यसअघि जम्पिङ्ग जक्सबाट विश्व रेकर्ड बनाएका परियारले उल्टो यात्रामा समेत गिनिजबुकमा नाम लेखाउने लक्ष्य रहेको बताए ।लामो यात्रा पैदल हिँड्नु आफैंमा गाह्रो काम हो । तर दाङ तुलसीपुर उपमहानगरपालिका(३ का ३० वर्षीय ऋषि परियार भने उल्टो हिडेर पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मको पैदल यात्रा गरिरहेका छन् ।
‘हिडौं स्वस्थ रहौं’ भन्ने नारा सहित पैदलयात्रा सुरु गरेका उनी ५१ दिनयता देशको एकछेउदेखि आर्कोसम्म छेउसम्म सयौं किलोमिटर उल्टो हिँडिरहेका छन् । १५ माघमा झापाको काँकडभिट्टास्थित मेची पुलबाट उल्टो हिँड्न सुरु गरेका उनले आठ सय किलोमिटर पार गरिसकेका छन् ।