नागरिक पोष्ट News


५७ औ अन्तराष्ट्रिय जाति भेद तथा रंगभेद उन्मूलन दिवसका अवसरमा छलफल

1.5K

-शर्मिला विश्वकर्मा

 काठमाडौं ।  ५७ औ अन्तराष्ट्रिय जाति भेद तथा रंगभेद उन्मूलन दिवस -२१ मार्चका अवसरमा जागरण मिडिया सेन्टरले  काठमाडौंमा आयोजना गरेको छ । सो कार्यक्रममा जागरण मिडिया सेन्टरका महासचिव भिम घिमिरेले दिलत समुदायले भोग्न परेको हिंसा, छुवाछुत तथा जातिय विभेदको अन्त्य गर्नका लागि सरोकारवाला निकायहरु लागि पर्नु पर्ने बताउनु भयो । कार्यक्रममा गोरखापत्र दैनिकका पत्रकार लक्ष्मण दर्नालले जातिय विभेद तथा छुवाछुतको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गर्दै उहाँले यस वर्ष दलित समुदाय माथी ६७ वटा विभिन्न घटनाहरु घटेको बताउनु भयो । पत्रकार केशब भूलले दलितका सवालहरुलाइ सबै समुदायको सरोकारको विषय बनाएर वकालत तथा पैरवी गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष टिका दाहालले जातिय विभेदको अन्त्यका लागि सबै मिलेर आवाज उठाउनु पर्ने, सम्बन्धीत निकायलाई दवाब दिनु पर्ने कुरामा जोड दिनु भयो भने सो कार्यक्रममा नेपाल दलित संघका प्रतिनिधि दिपक सोनीले संविधानमा उल्लेख भएका दलित समुदायका सवालहरुलाई कार्यन्वयन गर्नुका लागि सबैले दवाब दिनु पर्ने बताउनु भयो । जागरण मिडिया सेन्टरले ५७ औ अन्तराष्ट्रिय जाति भेद तथा रंगभेद उन्मूलन दिवस -२१ मार्चका अवसरमा आयोजना गरेको दलित समुदायका सवाल सम्बन्धी छलफल कार्यक्रममा कार्यक्रमकी अध्यक्ष तथा जागरण मिडिया सेन्टरकी अध्यक्ष एवं संविधान सभा सदस्य कमला विश्वकर्माले जातिय छुवाछुतको अन्त्य गर्न, दलित समुदायका सबै सवालहरुलाई अन्य समुदायले पनि उठाउनु पर्ने बताउनु भयो ।

त्यसै गरी संविधान सभा सदस्य प्रभा बज्राचार्यले जहाँ बढी जातिय छुवाछुत, विभेद हुन्छ ती स्थानहरुमा दलित लक्षित कार्यक्रमहरु लैजानु पर्ने बताउनु भयो । दलित अधिकारकर्मी तथा वैज्ञानिक समाजवादी कम्यूनिष्टपाटी नेपालकी केन्द्रिय सदस्य धनकुमारी सुनारले राजनीतिकमा पनि दिलत समुदायको प्रतिनिधित्व निकै न्यून रहेको भन्दै अधिकांश दिलत समुदायका पीडित व्यक्तिहरुले न्याय पाउन नसकेको गुनासो गर्नु भयो ।

Must View