नागरिक पोष्ट News


चाैथाे नेपाल आइडल भूपेन्द्र थापा मगर, ट्रफीसँगै ३० लाख रुपैयाँ नगद प्राप्त गरे

1.8K

ठमाण्डाै - नेपाल आइडल सिजन-४ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले जितेका छन् ।  यस्तै झापाका नामगेल तामाङ फस्ट रनरअप र  रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भए ।

गएराति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै भूपेन्द्रले उपाधि जितेका हुन् । 

उपाधि विजेता भूपेन्द्रले ट्रफीसँगै ३० लाख रुपैयाँ नगद प्राप्त गरेका छन्। त्यस्तै  तामाङले ५ लाख र नेपालीले ३ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

Must View