नागरिक पोष्ट News


 एभरेस्ट इङलीस स्कुलमा एक दिने अभिभावक प्रशिक्षण कार्यक्रम सम्पन्न

1.7K

काठमाडौं - एभरेस्ट इङलीस स्कुलले आज एक दिने अभिभावक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । तारकेश्वर ११ नेपालटारमा कक्षा ८ सम्म अध्यापन हुँदै आएको विद्यालयमा नयाँ प्रिन्सिपलमा नरायण प्रसाद पोखरेल आइसकेपछि विद्यालयका गतिविधीहरुमा फड्को मार्दै गएको छ ।

विद्यालयका संस्थापक सञ्चालक उत्तम केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा करिव ३०० अभिभावक र विद्यार्थीहरुले सहभागिता जनाएका छन् । कार्यक्रममा प्रशिक्षक इश्वर श्रेष्ठले अभिभावकहरुले घरमा विद्यार्थीहरुलाई पढ्ने वातावरण र राम्रो संस्कार दिन सके योग्य विद्यार्थीहरु उत्पादन गर्न सकिनेछ ।

गोपाल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तथा पूर्व प्रिन्सिपल चेतनाथ नेपाल, संस्थापक विष्णु सुवेदी, सानुभाई केसी, गजेन्द्र केसी, कपिल केसी, उपेन्द्र अधिकारी, उमाकान्त काफ्ले, रुकमांगत पंगेनी, उत्सव केसी लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्द्र प्रमुख अतिथि उत्तम केसीले एभरेस्ट इङलीस स्कुललाई तारकेश्वरको एउटा उत्कृष्ट विद्यालय बनाउन आवश्यक रहेको बताउनुभयो । मन्टेश्वरी बेसमा कक्षा सञ्चालन गर्ने उत्कृष्ट विद्यालय बनाउन शिक्षक र विद्यालय व्यवस्थापन टिमलाई अनुरोध गर्नुभयो ।

कार्यक्रमा बोल्दै विद्यालयका प्रिन्सिपल नारायण प्रसाद पोखरेलले एभरेस्ट इङलीस स्कुलले कोरोना महामारीमा सफलतापूर्वक अनलाइन कक्षा सञ्चालन गर्न सफल भएको बताउनुभयो । विद्यालयमा १० देखि १५ वर्षे अध्यापनको अनुभव भएका शिक्षकहरुको टिम भएको बताएका छन् ।

पोखरेलले आगामी वर्षदेखि कक्षा ९ को पढाई सञ्चालनका लागि स्वीकृती लिने काम अगाडी बढेको बताए । आउँदो वर्षसम्म विद्यालयको आफ्नै १५० देखि २०० जना अटाउने सभाहल निर्माणको कार्य अगाडी बढेको बताएका छन् । प्ले गु्रपका बच्चाहरुलाई पढाउने मात्र नभएर खेलमा केन्द्रीत गरेर एभरेस्टले कक्षा सञ्चालन गरिरहेको छ । बच्चाहरुका लागि स्पोर्ट ल्यावको व्यवस्था गरेका छौं । सानो स्पोट ल्याव र ठूलो स्पोट ल्याव सञ्चालनमा रहेको छ । साइन्स र कम्प्युटर ल्यावको समेत राम्रो व्यवस्था रहेको छ ।

नेपालका लागि आवश्यक योग्य र अशल जनशक्ति उत्पादनका लागि एभरेस्ट इङलीस स्कुलको मुख्य उद्देश्य रहेको छ ।

Must View