नागरिक पोष्ट News


एमालेको तारकेश्वर ९ मा लक्ष्मण मर्हजनको नेतृत्वमा ३३ सदस्यीय टोल कमिटि गठन

1.2K

काठमाडौं । नेकपा एमाले तारकेश्वर नगरपालिका वडा नंं ९ मा टोल कमिटि गठन भएको छ । लक्ष्मण मर्हजनको अध्यक्षतामा बाक्चा पाखा नयावस्ति टोल कमिटि गठन भएको कुरा एमाले तारकेश्वर ९ का अध्यक्ष श्यामकृष्ण महर्जनले बताउनुभयो ।

भेलाले टोल कमिटीको उपाध्यक्षमा सृजना मर्हजन, सचिवमा सुरेश लुइटेल, सह –सचिवमा टंक आचार्य सहित ३३ सदस्यीय टोल कमिटि गठन गरेको हो ।

सो भेलामा तारकेश्वर वडा नं. ९ का इन्चार्ज साबित्रादेवि शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडा नं. ९ वडा अध्यक्ष बलराम सिटौला, वडा सदस्य लक्ष्मी अधिकारी, एमाले वडा ९ कमिटिका अध्यक्ष श्यामकृष्ण मर्हजनलगायतका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थीती रहेको थियो ।

Must View