नागरिक पोष्ट News


तारकेश्वरमा वृहत् साहित्यिक महोत्सव हुने

1.5K

काठमाडौं । काठमाडौ जिल्लाको तारकेश्वर नगरपालिकामा एक दिवसीय प्रथम तारकेश्वर साहित्य महोत्सव हुने भएको छ । आगामी चैत १९ गते हुने तारकेश्वर साहित्य महोत्सवमा साहित्य, कला, अध्यात्म र शिक्षाका विभिन्न पक्षमाथि बहस गरिने महोत्सव आयोजक समितिले जनाएको छ ।

तारकेश्वरको कला, संस्कृति र साहित्यलाई महोत्सवको माध्यमबाट राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा जोड्न, तारकेश्वरको महत्त्व र विविधतालाई प्रचारप्रसार गर्न तथा कला, संस्कृति, भाषा, साहित्य, शिक्षा र समाजसेवाको क्षेत्रमा योगदान गर्ने प्रतिभाशाली व्यक्तिहरूको पहिचान गरि सम्मान गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवाल (दीपसागर) ले बताए ।

Must View