नागरिक पोष्ट News


पलको इन्कारी बयान : पीडितसँग प्रेम सम्बन्ध थिएन, करणीको आरोप झुट

1.1K

काठमाडौं - अभिनेता पल शाहले १५ वर्ष ८ महिना चार दिनकी बालिकालाई करणी गरेको कुरालाई अस्वीकार गरेका छन् । नवलपुर जिल्ला अदालतमा दर्ता गरिएको अभियोग पत्रमा बयान दिँदै शाहले करणी गरेको कुरालाई अस्वीकार गरेका हुन् । पलले २०७८ सालको वैशाख महिनामा तनहुँमा म्युजिक भिडियोहरूको सुटिङ सकिएको दुई तीन महिनापछि पीडितले आफूलाई फोन गरि बाहिर सम्बन्धलाई लिएर चर्चा भइरहेको  बताएपछि आफूहरूबीच विवाद भएको जनाएका छन् । रिसोर्टमा आफूले पीडितलाई मादक पदार्थ सेवन गराई जबरजस्ती करणी गरेको भन्ने व्यहोरा झुटो भएको उनले बयानमा भनेका छन् । उनले बयानमा भनेका छन्, '​म र पीडितबीच प्रेम सम्बन्ध थिएन।'

Must View