नागरिक पोष्ट News


७३ वटा दललाई आफ्नै दलीय चुनाव चिह्न प्रदान

1K

काठमाण्डाै – निर्वाचन आयोगले आउँदाे स्थानीय तह चुनावमा राष्ट्रिय मान्यता प्राप्त दलबाहेकका ७३ वटा साना दललाई दलीय चुनाव चिह्न प्रदान गर्ने निर्णय गरेको छ । यसअघि स्थानीय तहको चुनावमा राष्ट्रिय मान्यता प्राप्त दलबाहेकका प्रतिनिधिले स्वेच्छिक चिह्न लिएर उठ्नुपर्ने प्रावधान थियो ।

आज बिहीवार निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले याे जानकारी दिनुभएकाे हाे । ७३ वटा राजनीतिक दललाई आफ्नो दलको चुनाव चिह्न प्राप्त गर्नका लागि जिल्लास्तरको सङ्गठन संरचना जिल्ला समितिको विवरण २०७८ को चैत ६ गतेभित्र पेस गर्न पत्राचार गरिएको उहाँले बताउनुभयो । 

Must View