नागरिक पोष्ट News


दोहोरो अंकले घट्यो शेयर बजार, ३ अर्ब बढीको कारोबार

1K

काठमाडौं - यस महिनाको पहिलो कारोबार दिन अर्थात साताको तेस्रो दिन मंगलबार शेयर बजार १७।१५ अंकले घटेको छ । यस दिन नेप्से ०।६४ प्रतिशतले घटेर २६५०।९७ अंकमा पुगेको हो ।

मंगलबार २२९ कम्पनीको ६५ लाख २९ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड ४२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो । यस दिन ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ७।२६ अंकले घटेर ५०२।५९ अंकमा पुगेको छ , यो अघिल्लो दिनको तुलनामा १।४२ प्रतिसतले कम हो । १३ समूहका कम्पनीको उपसूचकमध्ये ९ कम्पनीको कारोबार घटेको छ भने ४ कम्पनीको कारोबारमा वृद्वि भएको छ । यस दिन जिवन बीमा समूहको उपसूचक सर्वाधिक १०२।७४ अंकले बढेर १४४६९।८५ अंकमा आइपुगेको छ । यस्तै उत्पादन र प्रशोधन कम्पनिको भने उपसूचक १०४।४१ अंकले घटेर ६३२३।५७ अंकमा पुगेको छ ।  

Must View