एकीकृत विकास र सुशासनका पर्याय बनेका अध्यक्ष राउत ,जो संग छ चनपालाई नै कायापलट गर्न सक्ने भिजन
काठमाडौँ - देशकै सबै भन्दा ठुलो नगरपालिका चन्द्रागिरी नगरपालिका को वडा नम्बर १५ का वर्तमान अध्यक्ष हुन् उत्तम बहादुर राउत । २०७४ सालमा सम्पन्न स्थानीय निर्बाचनमा यस वडाका अध्यक्ष राउतले अत्यधिक मतले जित्दै अहिले वडा अध्यक्षको रुपमा जनताको सेवा गरिरहेका छन् ।
बढ्दो जनसंख्या संगै वडाको पुर्बधार निर्माण संगै सुशासनका लागि दिनरात नभनी खटिरहेको अध्यक्ष राउत दाबी गर्छन। नागरिक सम्बादमा कुराकानी गर्दै अध्यक्ष राउतले वडा अध्यक्षको जिम्बेवारी गहन र बृहत हुने कुरामा जोड दिएका छन्। सुशाशन र एकीकृत बिकासमा अध्यक्ष राउतले वडामा गरेका काम आफैमा प्रसंसनिय भएको वडाबसीहरु बताउछन।
एक वडा अध्यक्षले मात्र भ्रष्टचार नगर्ने र हुन नदिने हो भने ८० प्रतिशत अनियमितता को अन्त्य हुने राउतको ठोकुवा छ। उनले जनताले गुनासो गर्ने कुनै पनि काम आफुले नगरेको जिकिर समेत गरेका हुन्। मूल बाटो , भित्रि सडक लगायत खानेपानी संगै पुर्बधारको सबै कुरा वडाबासीले उपभोग गर्न पाएको राउतको दाबी छ।
राउतलाई चन्द्रागिरिको भाबी नगर प्रमुखको रुपमा समेत बलियो दाबेदारको रुपमा लिने गरिएको छ। प्रस्तुत छ अध्यक्ष राउत संग गरिएको कुराकानी :