नागरिक पोष्ट News


चीनमा कोरोना संक्रमण अनियन्त्रित, प्रत्येक दिन दोब्बरले कोरोना संक्रमितको संख्या

1.1K

एजेन्सी । चीनमा कोरोना संक्रमणका कारण अवस्था फेरि नाजुक बन्दै गएको छ । ‘शून्य कोभिड नीति’ कडाइका साथ लागू भएपछि पनि कोरोना अनियन्त्रित गतिमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा चीनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । त्यसपछि सरकारले ११ सहरमा लकडाउन लगाएर ३ करोड जनतालाई घरमै थुनिदियो । 

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार २ सय ८० नयाँ कोरोना संक्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा दोब्बरले बढी हो । जसमध्ये जिलिन प्रान्तमा मात्रै ३,००० भन्दा बढी केसहरू रिपोर्ट गरिएको थियो। चीनले लकडाउन घोषणा गरेका शहरहरूमा १.७० करोड जनसंख्या भएको सेन्जेन पनि पर्छन् ।

कोरोनाको अनियन्त्रित गतिको बीचमा संक्रामक रोग विशेषज्ञ तथा भाइरोलोजिस्ट झेङ वेनहोङले चीनका लागि यो निकै कठिन समय रहेको चेतावनी दिएका छन् । ग्लोबल टाइम्सका अनुसार वेनहोङले चीनको शून्य–कोविड नीतिमा बहस गर्ने समय होइन । यस्तो रणनीति बनाएर कोरोना नियन्त्रण गर्न सकियो भने राम्रो हुन्छ । यो चीनको लागि सबैभन्दा कठिन समय हो, किनकि दुई वर्ष पहिले कोभिड १९ महामारी फैलिएको थियो ।

महामारीको बढ्दो प्रकोपको प्रभावले हङकङको शेयर बजार बिहान ३ प्रतिशतभन्दा बढी ओरालो लागेको छ । अर्कोतर्फ, बेइजिङ र सांघाईका विमानस्थलमा मंगलबार बिहान दर्जनौं आन्तरिक उडान रद्द गरिएको छ । सांघाईलगायत धेरै शहरहरूमा भवनहरू पूर्ण रूपमा सिल गरिएका छन् । 

उत्तर कोरियाको सिमानामा रहेको जिलिन प्रान्तका मानिसहरूलाई प्रान्त र वरपरको यात्रामा प्रतिबन्ध लगाइएको थियो। जिलिनका गभर्नरले सोमबार राति भएको आपतकालीन बैठकमा एक साताभित्र शून्य कोभिडको लक्ष्य राखेका थिए ।

Must View