नागरिक पोष्ट News


खुर्सानीको धुलो आँखामा छरेर ४२ तोला सुन र १२ लाख लुटपाट

826

काठमाडौं । सुन व्यवसायीको आँखामा खुर्सानीको धुलो छर्केर लुटेराको एक समूहले रु १२ लाख र ४२ तोला सुन लुटेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार यही फागुन २५ गते राति २०ः२३ बजेको समयमा काठमाडौँ महानगरपालिका–७ चुच्चेपाटीमा व्यवसायीको आँखामा खुर्सानी हालेर कुटपिट गरी लुटपाट गरिएको हो ।

चाबहिलस्थित ओमशाही टञ्च सेन्टर सुन पसल बन्द गरी कोठा फर्कने क्रममा भारत महाराष्ट्र घर भई चुच्चेपाटी बस्ने ३४ वर्षीय अमोल भोस्लेमाथि यसरी लुटपाट भएको परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । प्रहरीको अनुसन्धानमा उनीहरूले तीन दिनदेखि उक्त घटनास्थल नजिकै रहेको एक क्याफेमा बसेर सुन व्यवसायीको गतिविधि निगरानी गरी योजनासमेत बनाएर लुटेका छन् ।

यसरी लुटपाटमा संलग्न भएकामध्ये अहिलेसम्म दुई जनालाई पक्राउ गरिएको परिसरले जनाएको छ । पक्राउपर्नेमा दाङका महेश विश्वकर्मा र राजेन्द्र सिन रहेका छन् । अन्य फरार भएकाको खोजी जारी रहेको जनाइएको छ । उनीहरुका साथबाट प्रहरीले रु एक लाख ६६ हजार र प्रयोग भएको मोटरसाइकल, खुँडा, तरवारलगायत सामग्री बरामद गरिएको छ ।

Must View