नागरिक पोष्ट News


गरिव घरपरिवार पहिचान कार्यक्रम अन्तर्गत तथ्याङ्क संकलन कार्य सुरु

1.1K

काठमाडौं । तारकेश्वर नगरपालिकामा गरिव घरपरिवार पहिचान कार्यक्रम अन्तर्गत तथ्याङ्क संकलन कार्य सुरु भएको छ । नगरपालिकाको ११ ओटै वडामा गणकहरुबाट तथ्याङ्क संकलन सुरु भएको छ । नगर र वडाबाट प्रर्याप्त मात्रामा प्रचार र वडा कार्यालयहरुले टोल विकास समिति, महिला समूह, युवा क्लव र विभिन्न संघरसंस्थाहरुलाई गरिव घरपरिवार पहिचान कार्यक्रमबारे जानकारी दिन आवश्यक देखिन्छ ।

नगरपालिकाबाट आउने गणकहरुलाई नगरबासीले आफ्नो सक्कली विवरण उपलब्ध गराएर सहयोग गर्न आवश्यक छ । गरिव घरपरिवारको डाटा संकलनमा नगरबासीले आफ्नो मात्र नभएर कोही पनि नागरिक नछुटु्न भनेर वडा कार्यालय, उपभोक्ता समिति र महिला समूह र सामाजिक संघ संस्थाहरुले गणकहरुलाई सहयोग गर्नुका साथै नागरिकहरूले सरकारलाई आफ्नो सम्पूर्ण विवरण टिपाउन आवश्यक छ । जसले गर्दा सरकारले वास्तविक गरिवहरुको पहिचान गर्न सक्नेछ ।

Must View