नागरिक पोष्ट News


पन्तको ‘हिजोआजका कुरा’ असोज २८ प्रदर्शन हुने   

3.4K

काठमाडौं -  कलाकार सन्तोष पन्तको अभिनय रहेको फिल्म ‘हिजोआजका कुरा’को प्रदर्शन मिति तय भएको छ । वितरण कम्पनी एफडी र बीके फिल्म्सका अनुसार साकार पन्त निर्देशित फिल्म आगामी असोज २८ गते रिलिज हुने भएको छ ।

यसअघि २०७७ वैशाख १२ गतेलाई प्रदर्शन मिति तोकेको यो फिल्म कोरोना महामारीका कारण सरकारले सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि स्थगित गरिएको थियो । आइतबार फिल्मको निर्माण पक्ष र वितरकको बैठकले फिल्मको प्रदर्शन मिति तय गरेको हो ।

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सन्तोष र साकारसहित रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिव्यदेव पन्त, रीमा विश्वकर्मा, जेविका कार्की , स्वर्गीय जयनन्द लामा लगायतको अभिनय छ ।

निर्माता रहेका सन्तोष पन्तले फिल्मको कथा लेखेका छन् । निर्देशक साकार सन्तोषका छोरा हुन् ।

 

 

Must View