नागरिक पोष्ट News


जसपामा कुर्सीको लफडा, भुइँमै बसे नेताहरु    

1K

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक बसिरहेको छ।  कालिका स्थानस्थित अमृतभोग पार्टी प्यालेसमा विहान ११ बजेदेखि सुरु भएको दुईदिने बैठकमा निर्वाचन निर्देशिकाको मस्यौदा छलफलका लागि प्रस्तुत गरिएको छ।

त्यस्तै संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदन प्रस्तुत गरिएको छ। संघीय परिषद्बाट पारित भएका दुबै प्रस्तावमा केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन्।

कुर्सीको लफडाले भुइँमै बसे नेताहरु

झण्डै ६ महिनापछि बसेको केन्द्रीय समिति बैठकमा फरक दृश्य देखियो। कालिकास्थानमा नेताहरु भुइँमै बसेका छन्। अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई, मन्त्रीसमेत रहेका नेताहरु राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव लहरै पहिलो लाइनमा भुइँमा बसेका छन्। दोस्रो लहरमा सरकारका मन्त्री रेणु यादव, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, हिसिला यमीलगायत दोस्रो तहका नेताहरु छन्।

हलमा मञ्चको अगाडि सोफाहरु राखिएको छ। त्यसपछाडि कुर्सीहरु राखिएको छ। केन्द्रीय सदस्यहरु वरियताका आधारमा सोफा र कुर्सीमा बसे पनि शीर्ष नेताहरु भने अगाडि मञ्चमा भुइँमै पलेटी कसेर बसेका छन्। जहाँ साच्चैको समानता देखिएको र सबै नेताले सम्मानजनक महसुस गरेर सक्रियतापूर्वक भाग लिएको एक केन्द्रीय सदस्यले बताए।

Must View