नागरिक पोष्ट News


तारकेश्वर नगरपालिकालाई आधारभूत तह शैक्षिक सुनिश्चितता भएको नगरपालिका घोषणा

1.8K

काठमाडौं । तारकेश्वर नगरपालिकाले गर्यो आधारभूत तह शैक्षिक सुनिश्चितता भएको नगरपालिका घोषणा गरेको छ। नगर प्रमुख रामेश्वर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख भवानी डोटेल धितालले शैक्षिक सुनिश्चितता कार्यक्रममा सम्मानित व्यक्तिहरुलाई धन्यवाद प्रकट गर्नुभएको हो। कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद लम्साले सामुदायिक विद्यालयको शिक्षालाई माथि उठाउन यस्ता कार्यक्रम गरेको बताउनुभयो । शैक्षिक सुनिश्चितता घोषणा भएपछि नगरपालिकाको जिम्मेवारी थप बढ्दै गएको बताउनुभयो । शिक्षाको गुणस्तर सुधार कार्यलाई अझै अगाडी बढाउन विद्यालयका प्रधानाध्यापकहरुलाई अनुरोध गर्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य र कार्यक्रमबारे नगर शिक्षा अधिकारी होमनाथ न्यौपानेले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम बोल्दै शिक्षा समितिका सदस्य प्रा श्यामकृष्ण विष्टले शिक्षामा परिवर्तन ल्याउन स्थानीय तहले अनुगमन गर्नुका साथै विद्यालयका आधारभूत आवश्यकतालाई पुरा गरेर शिक्षामा परिवर्तन ल्याउन पर्ने बताउनु भयो। त्यस्तै शिक्षा समिति सदस्य तथा वडा नं। २ का अध्यक्ष रविन्द्र केसीले शैक्षिक सुनिश्चितता घोषणाले नगरपालिकाको गौरव भएको बताउनुभयो । अझै केही बालबालिकाहरु तारकेश्वरमा शिक्षा लिनबाट बञ्चित रहेका हुँदा सबैको पहुँचमा शिक्षा पुरायाउन स्थानीय तहले सोच्नुपर्ने बताउनुभयो ।

शैक्षिक सुनिश्चितता नगरपालिका घोषणा भएको अवसरमा तारकेश्वरका सामुदायिक, महिला र गुरुकुल गरी २३ विद्यालयलाई कदर पत्रबाट सम्मान गरिएको थियो । त्यस्तै विद्यावारिधी गरेका २ जनामा डा। टिकाराम भट्ट र देवेन्द्र पराजुली रहेका छन् । कार्यक्रममा पत्रकार स्व। नन्दबहादुर ऐडिको सम्झनामा नीजका श्रीमतीलाई मरणोपरान्त पुरस्कारबाट सम्मान गरिएको थियो । कार्यक्रममा रामशरण न्यौपाने ९सुशान्त० ,हरिराम भेटुवाल लगायत पत्रकारलाई शैक्षिक क्षेत्रमा कलम चलायवापत कदर पत्र दिएर सम्मान गरिएको थियो ।

कार्यक्रममा स्थानीय पाठ्यक्रम लेखकहरु ३ जना प्रा। श्यामकृष्ण विष्ट, देवेन्द्र अर्याल आँशु र समुन्द्र तिमिल्सिनालाई पनि कदर पत्रबाट सम्मान गरिएको थियो । तारकेश्वर शिक्षा शाखा अन्तर्गत परिक्षा समितिका कृष्ण ओझा, लोकेन्द्रबहादुर खड्का र गोविन्द भट्टलाई कदर पत्रबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा स्थानीय पाठ्यक्रम मुद्रण गर्ने हाइडल प्रेस र गिनिज पव्लिकेसनलाई पनि कदर गरिएको थियो । प्यावसन तारकेश्वर र एनप्याबसन तारकेश्वरलाई पनि सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा शिक्षा समितिबाट बासुदेव भट्ट, विष्णु प्रसाद पोखरेल सम्मान गरिएको थियो । तारकेश्वर नगरपालिकामा भएका शिक्षक संगठनहरुलाई समेत सम्मान गरिएको थियो ।

शैक्षिक सुनिश्चितता घोषणाको अवसर कार्यक्रममा बोल्दै नगर प्रमुख रामेश्वर बोहराले तारकेश्वर भित्रका साुमदायिक विद्यालयका शिक्षकहरुले राजनीति गर्न नहुने बताउनुभयो । राजनीतिको आडमा विद्यालयप्रति जिम्मेवार नभएका शिक्षकहरुलाई कि त राजनीति रोज्नुहोस् , कि त आफ्नो पेसालाई व्यवस्थित गर्नुहोस् , कार्यक्रममा बोल्दै नगर उपप्रमुख भवाडी डोटेल धितालले सम्मानित सबैलाई धन्यवाद प्रकट गर्नुभयो ।

Must View