एन आई सी एशिया क्यापिटलले ल्यायो ‘आईडिया टू आईपिओ’
1.1K
काठमाडौँ - एन आई सी एशिया क्यापिटलले नेपालमै पहिलो पटक मर्चेण्ट बैंकिङ्ग (संस्थागत परामर्श) सेवा अन्तर्गत आईडिया टु आइपिओ सेवा संचालनमा ल्याएको छ ।
जस अन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको आइडियशनदेखि कम्पनी स्थापना, स्केल अप एक्सपेसिअन, ग्रोथ, फरदर एक्सपेसन हुँदै आइपिओ जारी गर्ने चरणसम्म कम्पनीलाई पु¥याउन आवश्यक पर्ने लगानीको श्रोत व्यवस्थापन तथा अन्य आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्ने छ ।
यो सेवा जुन सुकै क्षेत्र तथा जुन सुकै चरणमा रहेका कम्पनीहरुले लिन सक्नेछन् । विशेष गरि यो सेवा एग्रिकल्चर, हाइड्रोपावर, होटेल्स, टुरिजम, हेल्थ केअर सर्भिस लगायत प्रचलित कानून बमोजिम स्थापना भएका सम्पूर्ण कम्पनीहरुले लिन सक्ने छन् ।