नागरिक पोष्ट News


‘ए मेरो हजुर ४’को टिम बंगलादेशको ढाका प्रस्थान

1.4K

काठमाडौं । छायांकनका लागि ‘ए मेरो हजुर ४’को टिम बंगलादेशको ढाका प्रस्थान गरेको छ । अभिनेत्री सुहाना थापा, निर्देशक झरना थापा, निर्माता सुनिलकुमार थापा, छायांकार सञ्जय लामालगायतको टोली ढाका प्रस्थान गरेको हो ।

फिल्ममा सुहानाले बंगलादेशमा अध्ययरनत चिकित्सकको भूमिका निर्वाह गरेकी छन् । सोही दृश्यको छायांकनका लागि ढाकामा छायांकन गर्न लागेको झरनाले बताइन् ।

वैशाख १ गतेदेखि रिलिज हुने तयारीमा रहेको यो फिल्मको छायांकन यसअघि नै बंगलादेशमा गर्ने तय भएको थियो । तर कोरोना महामारीका कारण सम्भव हुन सकेको थिएन । अहिले कोभिड प्रोटोकललाई खुकुुलो बनाइएपछि बल्ल छायांकनको समय जुरेको झरनाले बताइन् ।

फिल्मका नायक अनमोल केसी भने उक्त टिममा छैनन् ।

Must View