नागरिक पोष्ट News


सरकारले २०७९ सालमा दिइने बिदाको विवरण सार्वजनिक गरेको छ ।

1K

काठमाण्डाै - सरकारले २०७९ सालमा दिइने बिदाको विवरण सार्वजनिक गरेको छ ।

गृह मन्त्रालयले राजपत्रमा सूचना निकालेर सार्वजनिक पर्व एवम् सट्टा बिदा र कार्यालय समयसमेत निर्धारण गरेको छ ।  आउँदो वर्षदेखि दशैँ बिदा लम्बिएको छ । पहिले फूलपातीदेखि एकादशीको दिनसम्म मात्रै बिदा हुने गरेकोमा आउँदो वर्षदेखि द्वादशीको दिनसम्मै बिदा दिने सरकारले निर्णय गरेको हो। यसअनुसार असोज १६ देखि २१ गतेसम्म दशैँ बिदा हुने भएको छ ।

यस्तै कात्तिक ७ देखि १० गतेसम्म तिहार बिदा हुनेछ । सरकारले आउँदो वर्ष क्रिसमस, धान्नेपूर्णे, मोहम्मद जयन्ती, तमु र सोनाम ल्होसार र मुस्लिम समुदायको चाडमा पनि बिदा दिने निर्णय भएको छ । 

Must View