नागरिक पोष्ट News


प्याब्सन तारकेश्वरले भोली हिज्जे प्रतियोगिता गर्ने

1K

काठमाडौ । प्याब्सन तारकेश्वरले भोली हिज्जे प्रतियोगिता गर्ने भएको छ । लालिगुरास नेशनल एकेडेमीको प्राङगणमा आज पत्रकार सम्मेलन गरेर हिज्जे प्रतियोगिताको तयारी पुरा भएको अतिरित्त विभागका प्रमुख गोपाल वुढाथोकीले बताउनुभयो । प्यावसन तारकेश्वरले वर्षभरी गर्ने अतिरिक्त क्रियाकलाप अन्तर्गत भाृली तारकेश्वर प्यावसनमा आवद्ध २१ विद्यालयबीच प्रतियोगिता हुने भएको छ । विद्यार्थीहरुमा भाषिक क्षमता विकास गर्ने अभिप्रायले प्रथम अन्तर विधालय हिज्जे प्रतियोगिता गरिएको कुरा प्यावसन तारकेश्वरका सचिव नवराज न्यौपानेले बताउनुभयो । पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार हिज्जे प्रतियोगितामा कक्षा ९ सम्म अध्यनरत विधार्थीहरु बीच प्रतिस्पर्धा हुने भएको छ। प्रतियोगितामा २४ ओटा विधालयहरु सहभागी हुनेछन। कार्यक्रम तीन समुहमा विभाजन भई हुनेछ ।

तारकेश्वर प्यावसनका अध्यक्ष धन पुनको सभापतित्वमा भएको कार्यक्रममा तारकेश्वर प्यावसनका उपाध्यक्ष तथा अतिरिक्त विभागको प्रमुख गोपाल वुढाथोकीले प्रेस विज्ञप्ति पढेर सुनाएका थिए । कार्यक्रममा तारकेश्वर प्यावसनका सचिव नवराज न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो । सचिव नवराज न्यौपानेले कार्यक्रममा अतिरिक्त क्रियाकलापहरु आगामी वर्षदेखि क्यालेण्डरमा नै प्रकाशन गरेर सञ्चालन गर्ने बताउनुभयो ।

हिज्जे प्रतियोगिताको आयोजकमा प्यावसन तारकेश्वर रहेको छ भने कार्यक्रम संयोजकमा लालीगुराँस नेशनल एकेडेमी मनमैजु रहेको छ । सहभागी २४ विद्यालयलाई ३ समूहमा विभाजन गरेर पहिलो चरणमा ८ विद्यालयले प्रतिस्पर्धा गर्ने छन् । तीनै समुहको प्रतिस्पर्धा पश्चात हरेक समूहबाट २/२ ओटा गरी जम्मा ६ विद्यालयहरु अन्तिम राउण्डमा प्रतिस्पर्धा गर्ने छन् ।

अन्तिम चरणको प्रतिस्पर्धाबाट प्रथम, द्धितीय, तृतीय र सान्तवना पुरस्कार वितरण गरिनेछ । बिजेता विद्यार्थीहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्र र ट्रफि समेत दिइनेछ । कार्यक्रममा सहभागी सबै विद्यालय र विद्यार्थीहरुले प्रमाण पत्र र ट्रफी पाउनेछन् । भोली हुने कार्यक्रममा काठमाडौं जिल्ला प्यावसनका अध्यक्ष प्रेम कुमार राई प्रमुख अतिथि रहने छन् । त्यस्तै आजको कार्यक्रम अतिरिक्त विभागका सदस्य राधाकृष्ण अर्यालले सञ्चालन गरेका थिए ।

कार्यक्रममा साठी हजार भन्दा बढि खर्च हुनेछ । कार्यक्रममा सहभागी विधालयलाई दर्ता शुल्क रु. ३००० लाग्नेछ । कार्यक्रम आयोजना गरिएको स्कुलका विधार्थीहरु चाहिँ सहभागी हुन पाइने छैन ।

कार्यक्रममा सहभागी विद्याल्यहरु  :

पहिलो चरणमा बिहान ९ः३० बाट सुरु हुने खेलमा सेक्रेड हार्ट माध्यमिक विद्यालय, युनाइटेड स्कुलर्स एकेडेमी, काठमाडौं शिक्षालय सेकेण्डरी स्कुल, शुभकामना इङ्लीस बोर्डिङ स्कुल, हिम रश्मी हाइ स्कुल, लालिगुराँस विद्याकुञ्ज, एन्जल्स हार्ट माध्मिक विद्यालय र न्यू एरा एकेडेमी, नर्थ भ्याली स्कुल, सिद्धार्थ मोडल सेकेण्डरी स्मुल, स्प्रङि भ्याली सेकेण्डरी स्कुल, तारकेश्वर विद्या कुञ्ज र चिल्ड्रेन हेराल्ड एकेडेमी, कौशल इङ्लीस बोडिङ स्कुल, एभरेस्ट किड्स स्कुल, गोलढुंगा अर्किड एकेडेमी रहेका छन् ।

ल्याण्डमार्क एकेडेमी, कौशल इङलीस स्कुलले सहभागिता लिएका थिए । त्यस्स्तै सि गु्रपमा ल्याण्डमार्क ऐडेमी, न्यू क्रेस सेकेण्डरी स्कुल, इमेज एकेडेमी, एन्जल्स् हर्ट नेशनल एकेडेमी, काठमाडौं लिंकन स्कुल, पद्य चक्र स्कुल, माउट लार्के सेकेण्डरी स्कुल, श्रृजना ज्ञान सागर स्कुलले सहभागिता भएको छ ।

कार्यक्रममा तारकेश्वरं प्यावसनका नगर कमिटि सदस्य तकबहादुर पुन र समाजसेवी दिननाथ गौतम लगायतको सहभागिता रहेको छ ।

 

 

 

Must View