नागरिक पोष्ट News


महानायक राजेश हमालको एकल स्वरमा रहेको गीत ‘गाउँले ठिटो’ सार्वजनिक (भिडीयो सहित)

1.1K

काठमाडौं। महानायक राजेश हमालको एकल स्वरमा रहेको गीत ‘गाउँले ठिटो’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमा नायक हमालको अभिनय पनि रहेको छ ।

गोविन्द भट्टको शब्दरचना तथा सन्तोष श्रेष्ठको संगीत रहेको यस गीतमा अभिनेता हमाल गाउँले भेषभूषामा देखिनुभएको छ । रोजगारीका लागि विदेशिएको युवा आफ्नै गाउँ फर्केर कृषिकर्म गरी सफल बनेर उदाहरणीय व्यक्ति बनेको कथा उक्त भिडियोमा छ ।

देवेन्द्र पाण्डेले निर्देशन गरेको भिडियोमा हमालको साथमा उत्तम केसी, गोविन्द भट्ट, एसके दाहाललगायतको अभिनय छ । कार्यक्रममा बोल्दै महानायक हमालले आफू गायक नभई नायक नै भएको र गायन केवल प्रयासमात्रै रहेको बताउनुभयो ।

 

Must View