नेप्से परिसूचक ५२ अङ्कले वृद्धि
1.2K
काठमाडौं । साताको अन्तिम दिन सेयर बजार नेप्से परिसूचक ५२ अङ्कले बढेको छ । नेप्सेमा बिहीबार २ अर्ब ७९ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सेयर बजारमा वृद्धिसँगै १ सय ९८ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् ।
बिहीबार नेप्से परिसूचक २५६६।७९ अङ्कमा पुगेर बन्द भएको छ । बिहीबार सेयर कारोबार रकममा समेत उलेख्य सुधार भएको छ ।
लाईफ इन्स्योरेन्स सेक्टरमा २ सय ८५ अङ्क र नन् लाईफ इन्स्योरेन्समा १ सय ४९ अङ्कको वृद्धिसँगै सेयर बजारमा चमक देखिएको हो ।
बिहीबार कारोबार रकममा सुधार आएको छ । कारोबार रकममा बुधबारभन्दा ४३ करोड ९५ लाखले वृद्धि भएको छ ।
सेयर बजारमा बिहीबार २ सय २९ कम्पनीको कारोबार भएको छ ।