नागरिक पोष्ट News


गोदावरी नगरपालिकाको नगर गौरव योजना अन्तरगत प्रशासकिय भवन निर्माण कार्य सम्पन्न

1.2K

ललितपुर । गोदावरी नगरपालिकाको नगर गौरव योजना अन्तरगत प्रशासकिय भवन निर्माण कार्य सम्पन्न गरेको छ । नवर्निर्मित भवनको समुदघाटन फागुन २७ गते शुक्रबार नगरपालिका स्थापना दिवसको अवसरमा हुने नगरपालिकाले जानकारी दिएको छ ।

गोदावरी नगरपालिकाले प्रशासकिय भवन निर्माणका लागि २०७५ असोज २४ गते तुलसी भक्त ड्रागन–जेभिसँग सम्झौता गरेर कामको जिम्मा लगाएको थियो । करिव २३ करोड लगानीमा आधुनिक प्रविधि सहित मौलिकता शैलीमा भवन निर्माण भएको छ। उक्त भवनमा पुरातात्त्विक झ्याल, ढोका राखि आकर्षक बनाई पुरातात्त्विक वस्तुको संरक्षण तथा मौलिकतामा जोड दिन २०७७ भदौ ३१ मा रविना कन्स्ट्रक्सनसँग सम्झौता गरि करिब २ (दुई) करोड भन्दा माथिको लागतमा पुरातात्त्विक झ्याल ढोका निर्माण गरेको हो ।उक्त नवनिर्मित भवन करिब २५ करोडको हाराहारीमा निर्माण भएको कुरा प्रमुख प्रशासकीय अधिकृत प्रविण कोईरालाले बताउनुभएको छ ।

भवन समुद्घाटन कार्यक्रमका संयोजक, नगर प्रवक्ता तथा वडा नं. ५ का वडा अध्यक्ष समेत रहेका मिलन शिलवालले कार्यक्रमको तयारी पूरा भएको जानकारी दिनुभयो।

कतिपय स्थानीय तहमा अझै जग्गा समेत नभएको र भएको ठाउँमा समेत किचलोको कारणले भवन निर्माण हुन नसकेको देखिन्छ । गोदावरी नगरपालिका नगर प्रमुख गजेन्द्र महर्जनले वीवादरहित तरिकाबाट भवन सम्पन्न गरेका छन् । महर्जन विकास प्रेमि तथा जनताको पक्षमा सदैव लागिपरेका छन् । जनताको हर गुनासो आफ्नै हुनासो जस्तै महसुस गरेर मलमपट्टि गर्न हरहमेसा तत्पर रहेको देखिन्छ ।

Must View