नागरिक पोष्ट News


तारकेश्वर ६ मा बिनोद देवकोटाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन

896

काठमाडौं । तारकेश्वर ६ मा बिनोद देवकोटाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको छ । लोकप्रिय टोल सुधार समिति नामक संस्थालाई वडा नं. ६ मा दर्ता गरिएको संस्थाका अध्यक्ष बिनोद देवकोटाले बताउनुभयो । स्थानीय रूपमा उपलव्ध श्रम, सीप र साधन तथा अवसरहरूलाई अधिकतम परिचालन गरी गाउँ–नगरको अन्तरसम्बन्धलाई सुदृढीकरण गर्न टोल सुधार समिति गठन भएको हो ।

नगरको सामाजिक तथा आर्थिक व्यवस्थालाई एकअर्काको परिपूरकको रूपमा विकसित गरी गरिबी न्यूनीकरणका प्रयासमा ठोस योगदान पु¥याउनका लागि समिति गठन भएको बुझिएको छ ।

सहभागितात्मक योजना तर्जुमा गर्न, उद्यमी समाजको निर्माण गर्न तथा टोलका जनसमुदायहरूलाई संस्थागत रूपमा विकास गर्ने वातावरण सिर्जना गर्न लोकप्रिय टोल सुधार समिति यहि फागुन २१ गते तानपा ६ मा दर्ता भई वडाबाट संस्था दर्ताको प्रमाण पत्र लिइसकेका छन् ।

नयाँ कार्यसमितिमा अध्यक्षमा विनोद देवकोटा, उपाध्यक्ष किशोरी नेपाल, सचिव उमेश राना र कोषाध्यक्ष बिशाल क्षेत्री रहेका छन् । सदस्यहरुमा सावित्री तिवारी, शुशिला जीसी, बिशाल थापा, नारायण श्रेष्ठ र बाबुराम परियार रहेका छन् ।

Must View