नागरिक पोष्ट News


तार्केश्वर नगरपालिकाले ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस मनायो

1.1K

काठमाडौ । “सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता” भन्ने नाराका साथ तार्केश्वर नगरपालिकाले ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । तारकेश्वर ११ को शेषमति पुलबाट नारा सहितको ¥यालीले लामबगरस्थित तारकेश्वर पार्टी भेन्यूमा गएर सभामा परिणत भएको थियो ।

महिला बालबालिका तथा समाज कल्याण शाखाको आयोजनामा भएको कार्यक्रममा महिला समुह र आमा समूहहरुको बाक्लो सहभागिता रहेको थियो । महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख प्रतिमा मिश्रको सभापतित्वमा भएको कार्यक्रममा नगर प्रमुख रामेश्वर बोहराको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा तारकेश्वर नगरपालिकाको नगर उपप्रमुख भवानी डोटेल धिताल, तारकेश्वर लैंगिक हिंसा सञ्जालका अध्यक्ष बिना राना, वडाका महिला जनप्रतिनिधिहरु, नगरपालिकाका महिला कर्मचारीहरु र स्वयमसेवीकाहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख रामेश्वर बोहराले तारकेश्वर नगरपालिका महिला अधिकार र महिलाको पक्षमा जहिल्यै पनि रहेको बताउनुभयो । नगरपालिकाले महिलाको सिप विकास र रोजगारका लागि आवश्यक सिपमुलक तालिमहरु दिँदै आएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख भवानी डोटेल धितालले अहिलेको संविधानले महिलाको पक्षमा धेरै अधिकार दिइएको भएपनि हामीले आफ्नो अधिकार थाहा नपाएर पछि परेको बताउनुभयो । महिला दिदिबहिनीहरुले आफ्नो अधिकार हेर्न एकपटक संविधान पढ्न अनुरोध गरिन । समान हक र अधिकार मागेर पाइदैन हामी महिलाहरुले खोसेर लिनुपर्छ ।

त्यस्तै कार्यक्रममा बोल्दै लंगिक हिंसा तारकेश्वरका अध्यक्ष बिना रानाले महिलाहरुले घरायसी काममा पुरुषलाई पनि बराबर नलगाएसम्म र महिलाहरुले चुलो/चौको हेर्ने काम आफ्नो जिम्मेवारी हो भन्ने चेतना बाहिर ननिस्केसम्म महिला उत्पिडन अन्त्य नहुने बताउनुभयो । हामी महिलाहरुले हिंसा सहेर पुरुषहरुको सेवक बनेर बस्ने होइन । हामीले घरमा गरेको कामको उचित ज्याला र मुल्याङ्कन हुनुपर्छ ।

कार्यक्रममा वडा सदस्य महिला जनप्रतिनिधी बिन्दु सापकोटा र महिला दिदिबहिनीहरुले महिलासम्बन्धी जनचेतनामुलक कविता वाचन गरेका थिए । कार्यक्रममा महिला नेतृ सावित्रादेवि शर्मा लगायत थुप्रै महिला नेतृहरूको सहभागिता रहेको थियो ।

Must View