नागरिक पोष्ट News


भारतका पाँच वटा राज्यमा विधान सभाका लागि भएको मतदानको मतगणना

1K

काठमाडौँ । भारतका पाँच वटा राज्यमा विधान सभाका लागि भएको मतदानको मतगणना चलिरहेको छ । उत्तर प्रदेश, पन्जाब, मणिपुर, गोवा र उत्तराखण्डमा अहिल मतगणना चलिरहेको हो । 

उत्तर प्रदेश, उत्तराखण्ड, मणिपुर र गोवामा भइरहेको मतगणनामा सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) अघि देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

पन्जाबमा भने अरविन्द केजरीवालको आम आदमी पार्टीले जित्ने देखिएको छ । 

मतणना चलिरहँदा प्रमुख प्रतिपक्षी कांग्रेस आईले भने हार बेहोर्ने देखिएको छ । 

ताजा मतणनाअनुसार कडा प्रतिस्पर्धा हुने ठानिएकाे उत्तर प्रदेशमा भाजपा २ सय ५४ सिटमा अग्रता बनाएको छ । त्यस्तै समाजवादी पार्टी एक सय १३ सिटमा अघि देखिएको छ । यस्तै कांग्रेस र बहुजन समाजवादी पार्टी समान तीन–तीन सिटमा अघि देखिएका छन् । 

पन्जाबमा आम आदमी पार्टी ९१ सिटमा अघि देखिँदा सत्तारुढ बीजेपी मात्र दुई सिटमा अघि छ । यस्तै कांग्रेस १७ र शिरोमणि अकाली दल (एसएडी) ६ सिटमा अघि देखिएको छ । 

६० सिट भएको मणिपुरमा बीजेपी २३ सिटमा अघि देखिएको छ । त्यस्तै कांग्रेस दुई सिटमा अघि देखिँदा अन्य १७ सिटमा अघि छ । 

४० सिट भएको गोवामा बीजेपी १८ सिटमा अघि देखिँदा कांग्रेस र अन्य समान ११–११ सिटमा अघि देखिएका छन् । 

७० सिट भएको उत्तराखण्डमा बीजेपी ४१ सिटमा अघि देखिँदा कांग्रेस २६ सिटमा अघि छ । यस्तै अन्य तीन सिटमा अघि देखिएका छन् । 

Must View