नागरिक पोष्ट News


हामी नारी, आफैलाइ सम्मान गरौं ।

1.9K

भनिन्छ "जहाँ नारीको सम्मान हुन्, त्यहाँ देबताहरु पनि खुसी हुन्छन् "  हरेक वर्ष मार्च आठमा अन्र्तराष्ट्रिय नारी दिवस भब्यताको साथ बिभिन्न संघ संस्थाले नारीको सम्मानमा मनाउदै आइरहेका छन् । ठूलाठूला भाषण , कविता वाचन नारासहित आजको दिनको चर्चा परिचर्चा हुन्छन् । के साँच्चिकै  एकदिनको सम्मानले नारी कतिको खुसी हुन्छन् तँ, कामकाजि महिलाहरू, समाजसेवी डाक्टर, प्रोफेसर, बैंकर आदि महिलाहरू आजको दिनमा सम्मान पाउँछन् र बिभिन्न पत्र पत्रीकामा फोटो समेत प्रकाशित हुन्छ । तर कहिले एउटा कुरा कतिले सुनेको छ, की घरको गृहिणीले सम्मान पाएको त्यो कुरा अरुले सुनाएको की मैले आफ्नो घरको नारीलाइ सम्मान गरेकोे भनेर। मैले कति पटक बिरामी देखाउँना आउँदा के गर्नु हुन्छ सोध्दा कतिपयले म तँ केही गर्दिन्, अलि लजाएर भन्दा म तँ प्याच्च भनिदिन्छु की तपाइँ तँ एउटा घरलाइ स्वर्ग बनाउनु हुन्छ , तपाइँ घरमा बसेर अरुलाइ उसको सपना , इक्षा पूरा गर्ने अवसर दिनुभयो ।

परिवारलाइ समेटेर राख्नु भयो ,भन्ने गर्छु। कतिपय महिलाहरू जति पढाई गरेँ पनि बिहे भएलगत्तै कतिले आफ्नो श्रीमान् , घर परिवारको साथ स्वीकृति पाएर जब , काम गर्दछन् , भने कतिले अब तिमि जे जति पढाई गर्यौ, अब पुग्यो , घर सम्हाल्, सबैलाइ सम्मान गर्, अलि पछि बाल बच्चा भएँपछि जीवन त्यसमा नै सुम्पिने, आँसु पनि रहरके होइन करले मन मारेर पिउन बाध्य भएका छन् । मेरो सम्मान त्यो नारीलाइ जुन आफ्नो सपना बिर्सेरा परिवारको लागि, छोराछोरिको लागी त्यागेर  उनिहरुको लागी त्यागेर पनि हासि हासि जीवन बिताएका छन। कति महिलाहरू आफ्नो पढाई बिचमा नै रोकेर बसेकी छिन् । तर आफ्नो इक्षा कसैलाइ भन्दैन , उसको लागी पनि एकदिन नारी दिवस मनाउने कि? 

हामी समाजमा समानताको कुरा गर्छौ , ठूलाठूला कुरा गर्छौ, लेखहरु लेख्छौ, तर कागजी लेखाइमा कुराहरूले मात्रै सार्थक भएको देखिँदैन । अब कामकाजि महिलाहरूको कुरा गरौ, दोहोरो जिम्मेवारी , घर , अफिस , बच्चा, गर्दा गर्दा आफ्नो लागी समय नै हुँदैन , जब बच्चा हुर्काउने समय आउँछन् टी जब पनि त्याग्नु पर्ने हुन्छ । काम तँ केटी मान्छेले नै छोडनु पर्छ । कागजि लेखाइले नारीको हकहीत , इक्षा पूरा हुदैन। समानता दिनु छ्, भने उसको कुरा पनि सुन्नु पर्छ , आफू नपढी बस्छन तर पछि कोही आफन्तले सोध्दा उनि तँ केही गर्दिनन्, घरमा दिनभरि खै के गरी बस्छन यो कुरा सबैको सामु  जिस्केर भन्दा के असर पर्छन होल, हामी त्यसको अनुमान पनि लाउन सक्दैन ।

अहिले हरेक क्षेत्रमा महिलाहरू आफ्नो परिश्रमले अघि बढी सकेको छ्, तल भूई देखी माथि आकाससम्म महिलाहरू चाहे उच्च शिखर सगरमाथा होस वा आकाशमा हवाइजहाज उडाऊने , अफिस होस्, स्कुल होस्, घर , बैंकर्, प्रोफेसर, डाक्टर ,  आर्मि, पुलिस , सैनिक वा भनौ हरेक क्षेत्रमा आफ्नो बाहुलयताले योगदान दिएकै छन् । उनिहरु हरेक क्षण अग्नि परीक्षा दिएकी छिन्, तर कत्ति जना उत्रिण हुन्छिन की नाइ त्यसको कपी कसले जाच्ने हो त्यो कसैलाइ थाहा छैन। हामी पढे पो तयसको नतिजा थाहा पाउछौ, तर जीवनको सिकाइको परीक्षा तँ समयले की तँ ईश्वरलाइ मात्र थाहा हुन्छ । एउटा भनाइ छ नि नमरी स्वर्ग देखिन्न भनेर्, तर म बुझ्न सकिन्न की मरेर  स्वर्ग गएकाहरु तँ अहिलेसम्म फर्केर स्वर्गको न त  बखान गरेकोे  छ न सुनेका  नै छौ, न तँ देखेका नै छौ। यसको अर्थ के बुझ्नु परयो कि हामी आफ्नो हक अधिकार्, इक्षा,चाहनाहरु दबाउनुको साटो, उजागर गर्न प्रयास गरौं।महिलाको आफ्नो शरिरमा  समेत आफ्नो अधिकार हुँदैन, कहिले बिहे गर्ने कहिले सन्तान पाउने, कति वर्षको अन्तरालमा पाउने, कहा पढाउने, के पढाउने, आदि कुराहरूको कुनै अधिकार हुँदैन ।

आफ्नो छोरी यदि बलात्कृत चिनेकै बाट भइन भने नभन है पछि बिहे हुँदैन , समाजमा मुख देखाउन सकिन्न, भनेर मानसिक रोगी पनि बनेकी छिन । एउटी नानि जन्मिदै, खुसी हुनुको साटो अब अर्को फेरी छोरी नपाउनु है, अहिले पनि महिलाको गर्भमै छोरी छिन् भने थाहा पाउने बितिक्कै गर्भपतन गरिदिन्छिन। किनभने छोराले स्वर्गको बाटो देकाउछन्, पिन्ड दान , पित्री खुसि पार्न, कर्म कान्ड गर्न आदिमा छोरा नै चाहिनछ ।

अनि यो कुरा नि सुन्न पाइनछ की नारी दिवस , तीज्, दसैँ , तीहार्, आदिमा तँ महिला कै अधिकार हुन्छ भनेर, सबै नारी एकनासको हुँदैनन् । ना पुरुष सबै समान हुन्छन्, कतिपय पुरुषले पनि महिलाको सफलतामा ठूलै योगदान पुर्याएका पनि छन। मैले यो कुरा देखेकी मात्र होइन भोगेकी पनि छु, जस्तै भनाइ छ्, नि की हरेक पुरुषको सफलतामा एउटी महिलाको हात हुन्छ भने महिलाको सफलतामा पनि कतिपय पुरुषको हात हुन्छ नै, । त्यसैले नारीको एकदिन होइन सधैं सम्मान नगरे पनि अपमान पनि नगरौ, समान ब्यबहार गरौं। हरेक पाइलामा साथ नदिए पनि बाटो रोक्ने नगरौ, नारी बिना पुरुष मात्र होइन घर पनि अपुरो हुन्छ ।

नारी दिवसको मात्र होइन पुरुषको पनि उतिकै आदर र सम्मान गरौं। अनि मात्र हामी समानता ल्यौउन सक्छौ। हरेक नारी लाइ मेरो हृदय देखी नै नमन छ।  आधा आकश ओगटेको नारी , जननि लाइ मेरो हार्दिक नमन छ्, नमन छ। ह्यापी नारी दिवस । हामी आफ्नो सम्मान आफै बाट शुभारम्भ गरौं। 

Must View