नागरिक पोष्ट News


टोखा नगरमा “जनप्रतिनिधीसँग विद्यार्थी” कार्यक्रम प्रारम्भ

1.2K

काठमाडौं । टोखा नगरपालीकामा आजदेखि “जनप्रतिनिधीसँग विद्यार्थी” कार्यक्रम प्रारम्भ गरेको छ । वडा नं. ५ बाट सुरु भएको कार्यक्रम ११ ओटै वडामा सञ्चालन हुनेछ । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रकाश अधिकारीले स्थानीय सरकारका काम, कर्तव्य तथा अधिकारका सम्बन्धमा विद्यार्थीहरुलाई अवगत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताउनुभयो । साथै नगर भित्र संचालित आयोजना, योजना तथा कार्यक्रमहरुको बारेमा समाजको भावी पुस्ता विद्यार्थीलाई जानकारी गराउने कार्यक्रमको उद्देश्य रहेको छ ।

नगर प्रमुख प्रकाश अधिकारीले एक कार्यक्रमबीच आज वडा नं. ५ बाट सुभारम्भ गर्नुभयो । यस्ता कार्यक्रमले नगरका गतिविधीको जानकारी जनस्तरसम्म पुग्नुका साथै विद्यार्थीहरुसँग भएका नविनतम योजनाहरु पनि प्राप्तहुने उद्देश्य सहित अन्तक्र्रियात्मक रुपमा यो कार्यक्रमको शुरुवात गरेको नगर प्रमुख प्रकाश अधिकारील जानकारी दिनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख ज्ञानमायाँ डंगोलले टोखाभित्र रहेका ८ ओटा सामुदायिक विद्यालयमा नेपाल सरकारको नीतिअनुसार सबै विद्यालयमा सेनिटरी प्याड वितरण कार्य सम्पन्न गरेको बताएकी छिन् । डंगोलले स्थानीय सरकार सञ्चालन ऐनले दिएको सबै जिम्मेवारी आफुहरूले पुरा गरेको प्रकाश पार्नुभयो । न्यायिक समिति, योजनाहरुको अनुगमन, योजना तथा कार्यक्रम तर्जुमा, राजश्व परामर्श समिति, जेष्ठ नागरिक अपाङ्गता परिचय पत्र वितरण कार्यक्रम, सेनिटरी प्याड वितरण, बाल अधिकारलगायतका जिम्मेवारी आफुले बहन गरेर यो ५ वर्षमा सफलतापूर्वक सम्पन्न गरेको बताउनुभयो ।

कार्यक्रममा टोखा वडा नं. ५ का अध्यक्ष जगन्नाथ ढकालले टोखा नगरपालिकाले साुमदायिक विद्यालयको शिक्षाका लागि ठूलो लगानी गरेका कारण अबदेखि नीजि विद्यालयमा विद्यार्थीहरुलाई पढाउन आवश्यक नभएको बताउनुभयो । हाम्रा विद्यालयहरु सबै गुणस्तरीय शिक्षा दिन सक्षम छन् । कार्यक्रममा ढकालले वडा अध्यक्षका काम कर्तव्य र भूमिकाबारे प्रस्ट पारेका थिए ।

कार्यक्रमको मुख्य उद्देश्य भनेको स्थानीय सरकारमा जनप्रतिनिधीहरु, कर्मचारीहरु र शाखाहरुको काम कर्तव्यहरुको बारेमा विद्यार्थीहरुलाई जानकारी दिने उद्देश्य थियो ।

नगर शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बाबुराम गौतमको उपस्थिति रहेको थियो । गौतमले आफ्नो शाखाले गर्ने कार्यक्रम र अधिकारबारे प्रस्ट पारेका थिए ।

महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख साबित्रा न्यौपानेले आफ्नो शाखाबाट महिला, बालबालिका तथा जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरुका लागि गर्ने काम कर्तव्यबारे प्रस्ट पार्नुभयो । कार्यक्रममा स्वास्थ्य शाखाका प्रतिनिधिले नगर स्वास्थ्यबाट प्रदान गरिने सेवाहरुबारे प्रस्ट पारेका थिए ।

कार्यक्रमको आयोजना नगर शिक्षा, युवा तथा खेलकुद शाखाले गरेको हो । वडा नं. ५ बाट सुरु भएको कार्यक्रममा वडा भित्रका विद्यालय तथा कलेजका विद्यार्थीहरुको बाक्लो सहभागिता रहेको थियो ।

Must View