नागरिक पोष्ट News


नवीन नगर उपभोक्ता तथा टोल विकास समितिको पाँचौ बनभोज कार्यक्रम सम्पन्न

1K

काठमाडौं । नवीन नगर उपभोक्ता तथा टोल विकास समितिको पाँचौ बनभोज कार्यक्रम सम्पन्न भएको छ । साथमा समाजसेवी सम्मान कार्यक्रम २०७८ बाट नवीन नगरका समाजसेवीहरूलाई सम्मान गरिएको थियो । बनभोज कार्यक्रममा चर्चित राष्ट्रिय लोकदोहोरी कलाकार यानप्रसाद न्यौपाने र बन्दना पाण्डेले दोहोरी गाएर धमाका पिटेका थिए ।

तारकेश्वर नगर प्रमुख रामेश्वर बोहराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ९ जना समाजसेवीहरुलाई सम्मान गरिएको थियो । बनभोज कार्यक्रममा तारकेश्वर नगर उप–प्रमुख भवानी डोटेल धिताल (भानु), तानपा ९ का वडाअध्यक्ष बलराम सिटौला, वडा नं. १० का अध्यक्ष अमृत थापा, वडा नंं ५ का अध्यक्ष बासु गौतम, वडा नंं ४ का अध्यक्ष नरेन्द्रदास श्रेष्ठ र शैक्षिक क्षेत्रको अग्रज व्यक्तित्व माधव भट्टराई, साहित्यकार देवेन्द्र अर्याल आँशु र समाजसेवी हरि पाठकको उपस्थिति रहेको थियो ।

बनभोज कार्यक्रममा नवीन नगरमा बाटो खोल्न जग्गादान गरेर सहयोग गर्नुहुने कुमुद अधिकारी, बाटो खोल्न आफ्नो कम्पाउण्डको वाल सारेर सहयोग गर्नुभएका राजु रानाभाट, कोरोना महामारीमा राहत वितरणका लागि होस् या समाजका जुनसुकै क्रियाकलापमा आर्थिक सहयोग र भौतिक रूपमा सहयोग गर्ने शिवहरि लामिछाने, बासुदेव भट्ट त्यस्तै समाजमा हुने सामाजिक कार्यमा सहयोग गर्ने लक्ष्मण डंगोल र तिलक पौडेल त्यस्तै कार्यसमितिमा रहेर सक्रिय भूमिका निभाएका हरिदत्त तिमिल्सिना, भूपाल गौतम र विष्णुमति सरसफाई अभियान्ता शोभाकान्त पाण्डेयलाई समाजसेवी सम्मान कार्यक्रम–२०७८ बाट सम्मान गरिएको थियो ।

नवीन नगर उपभोक्ता तथा टोल विकास समितिले गत वर्षदेखि नै समाजसेवी सम्मान कार्यक्रम गर्दै आएको छ । समितिका सचिव चेतनारायण न्यौपानेकाअनुसार नवीन नगरले गतवर्षदेखि समाजमा भएका सक्रिय सामाजिक व्यक्ति र समाजसेवीहरूलाई सम्मान कार्यक्रम सुरु गरेका हौं । न्यौपानले धेरैलाई सम्मान एकैपटक गर्न नसकिएको हुँदा सबै समाजसेवीहरुलाई वर्षपिच्छे नै सम्मान गर्दै जाने बताउनुभयो ।

बनभोज कार्यक्रममा नवीन नगरबाट करिव १६० भन्दा बढिको सहभागिता रहेको थियो । नवीन नगर उपभोक्ता तथा टोल विकास समितिले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत बनभोज कार्यक्रम गरेको हो ।

Must View