नागरिक पोष्ट News


लोकतान्त्रिक चोकमा उपत्यका सरसफाइ अभियानको संयोजनमा सरसफाई

1K

काठमाडौं । तारकेश्वर १० को लोकतान्त्रिक चोकमा उपत्यका सरसफाइ अभियानको संयोजनमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । २५ दिने सरसफाइ अभियान आज तारकेश्वर नगरपालिकाबाट सुरु भएको हो । आजको सरसफाई कार्यक्रममा तारकेश्वर नगर प्रमुख रामेश्वर बोहरा, नगरका प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद लम्साल, बालजु प्रहरि बृत्तका प्रमुख गौतम मिश्र, तारकेश्वर १० का अध्यक्ष अमृत थापाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । लोकतान्त्रिक चोकमा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

काठमाडौं जिल्ला पातञ्जल योग समितिका अध्यक्ष तथा विष्णुमति सरसफाई अभियानका संयोजक शोभाकान्त पाण्डेयको संयोजकत्वमा भएको कार्यक्रम तारकेश्वर वडा नं. ९ र १० का टोल विकास समितिको समेत सहभागिता रहेको थियो । जसमा नमुनानगर, शिवनगर, ऐश्वर्यनगर र नवीन नगर जस्ता टोल विकास समितिहरुको सहभागिता रहेको थियो ।

तारकेश्वरभित्र रहेका विभिन्न संघसंस्थाहरु, धार्मिक संघसंस्थाहरु, योग केन्द्रहरु, नेपाल प्रहरी र तारकेश्वर वातावरण संरक्षण तथा सरसफाइ प्रा.लि. को टिम, नेपाल फोहोर व्यवस्थापन प्रा.लि.का उपाध्यक्ष, पत्रकार र प्रख्यात कलाकार, तिलक बस्नेत र सामाजिक अभियान्ताहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

२५ दिने सरसफाइ अभियान २०७८फाल्गुन १५ देखि शुरु भई चैत ९ गतेसम्म हुनेछ । । सरसफाइ कार्यक्रम विश्व सम्पदा सुचिमा सुचिकृत ७ स्थान र १८ नगरपालिका गरि जम्मा २५ स्थानमा भइरहेको छ ।

उपत्यका सरसफाइ अभियानका अभियानहरुमा, चक्रपथ सरसफाइ अभियानका संयोजक लोक बहादुर टण्डन, वाग्मती सरसफाइ अभियानका अभियान्ता चित्र सुनुवार, वातावरण मैत्री समाज मैतिदेवीका संयोजक राधे मिश्र, मनोहरा सरसफाइ अभियानका संयोजक चन्द्र दङ्गाल, कृर्तिपुर सरसफाइ अभियानका संयोजक शुशिला महर्जन, तारकेश्वर सरसफाइ अभियानका संयोजक केदार खत्री, मेची–महाकाली सरसफाइ अभियान, गोदावरी खोला क्षेत्र सरसफाइ अभियान लगायतका विभिन्न अभियानबाट उपस्थिति जनाईदिनु हुने सबैमा पातञ्जल योग समिति नेपाल काठमाडौं जिल्ला अध्यक्ष शोभाकान्त पाण्डेयले धन्यवाद प्रकट गरेका छन् ।

Must View