नागरिक पोष्ट News


कर्मचारीहरु सम्मिलित “टु भिजिट” ग्रुपले आन्तरिक पर्यटन प्रर्वद्धनमा जोड दिन मुस्ताङ भ्रमण

896

 काठमाडौं । तारकेश्वर नगरपालिकामा कार्यरत कर्मचारीहरु सम्मिलित “टु भिजिट” ग्रुपले आन्तरिक पर्यटन प्रर्वद्धनमा जोड दिन मुस्ताङ भ्रमण गरेको छ । कोभिड–१९ महामारीले प्रत्यक्ष असर पारेको पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटनबाट व्यवसाय प्रवर्द्धन गर्नुका साथै पर्यटकीय क्षेत्रलाई चलायमान गराउन कार्यक्रम गरिएको बुझिएको छ ।

बिदाको समयलाई सदुपयोग गर्दै आफ्नै व्यक्तिगत खर्चमा अपर मुस्ताङको (लोमाङ्गथान), मुक्तिनाथ मन्दिर, म्याग्दी स्थित तातोपानी, गलेश्वर भगवती मन्दिर, बाग्लुङ कालिका भगवती मन्दिर दर्शन, पर्वतको बन्जीजम्प, पोखराका विविध क्षेत्र लगायतका विभिन्न क्षेत्रहरुमा करिव १ हप्ता आन्तरिक पर्यटन क्षेत्रको प्रचारमा यो गु्रप लागेको छ ।

तारकेश्वर नगरपालिका कार्यालयमा कार्यरत ८ जना कर्मचारी सम्मिलित उक्त ग्रुप विगत केही वर्ष देखि नै आन्तरिक पर्यटन प्रवद्र्धनलाई बढावा दिँदै वार्षिक रूपमा दुई पटकसम्म देशका विभिन्न क्षेत्रहरुको यात्रा गर्दै आएको कुरा उक्त ग्रुपका सदस्य बेदु सुवेदीले जानकारी दिनुभयो ।

चलचित्र कलाकार महासंघका महासचिव समेत तथा नगरपालिकाको कर्मचारी चेत बहादुर सिँह ‘राजा’ समेत सम्मिलित उक्त ग्रुपमा कार्यालयका कर्मचारीहरु तीर्थराज थापामगर, बेदु सुवेदी, नरहरी गौतम, हरिकृष्ण अर्याल, ईश्वर अँगाई, युदेश खतिवडा र निराजन बिक्रम थापा रहेका छन् ।

Must View