नागरिक पोष्ट News


न्याय पिडित खोज्दै हिँड्दैन पिडित न्यायलय सम्म आउनु पर्छ मन्त्री खापुङ

686

काठमाडौं । उखानै छ तिर्खा लाग्ने व्यक्तिनै खोला धाउनु पर्छ । यही कुरालाई चरितार्थ गर्दे स्वास्थ तथा जनसंख्या राज्य मन्त्री भवानी प्रसाद खापुङले न्याय पिडित खोज्दै नजाने बताउनु भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खापुङले पिडितलेनै न्यायको ढोका सम्म पुग्ने हिम्मत गर्नु पर्ने बताउनु भएको हो ।  मन्त्री खापुङको प्रमुख आतिथ्यतामा महिला कानुन विकाश मञ्चको आयोजनामा मेरो शरीर मेरो अधिकार र यौन तथा प्रजनन स्वास्थ्य अधिकार भन्ने मूल नाराका साथ  ११२ औँ  महिला दिवस कार्यक्रममा बोल्दै उहाँले महिलाले आफ्नो खुसीको निर्णय आफै लिन अधिकारको सदुपयोग गर्न जोड दिनुपर्ने बताउनु भयो । 

 कार्यक्रममा सहभागि अधिवक्ताहरुले कानुनले दिएको अधिकार प्रयोग गर्न जोड दिएका छन् । महिला अधिकारको विभिन्न आयम मध्य प्रजनन स्वास्थ्य अधिकार, सन्तान संख्याको अधिकार आफ्नो खुसीको निर्णय आफै लिन पाउने बताएका छन् । उक्त कार्यक्रममा महिला अधिकार सम्बन्धी कविता ,नाटक तथा नृत्य   प्रस्तुत गरिएको थियो । 

नेपालको संविधान २०७२ ले महिलालाई थुप्रै हक(अधिकारको व्यवस्था गरेको छ। खासगरी संविधानको मौलिक हकअन्तर्गत धारा ३८ को महिलाको हकमा प्रत्येक महिलालाई लैंगिक भेदभाव विना समान वंशीय हक हुने, महिलाको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक हुने, महिलाविरुद्व धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गर्न नहुने, यदि त्यस्तो कार्य भएमा कानुन बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानून बमोजिम क्षतिपूर्र्ति पाउने हक हुनेछ भन्ने व्यवस्था छ।

यस्तै, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी गराइने, महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्रदान गर्ने, सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतिको समान हक हुने व्यवस्था गरिएको छ। संविधानकै धारा १८ को समानताको हकमा सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन्, लिंगको आधारमा भेदभाव गरिने छैन भनिएको छ। त्यस्तै धारा २९ को शोषण विरुद्धको हकमा कसैलाई पनि बेचबिखन गर्न, दास वा बाँधा बनाउन पाइने छैन भनिएको छ। 

यस्तै आर्थिक मन्दीले नागरिकको गाँस, बास, कपास तथा रोजगारी, स्वास्थको सवाल छायाँमा परेको छ जसको पहिलो मारमा महिलानै पर्दै आएका छन्। यस तर्फ सम्बन्धीत सबैको ध्यानm जानु जरुरी छ । 

Must View