नागरिक पोष्ट News


सबै रोगको उपचार अब नेपाल नेशनल अस्पतालमा 

2K

काठमाण्डौँ । अत्याधुनिक सुविधा सम्पन्न नेपाल नेशनल अस्पताल पछिल्लो समय धेरैको रोजाइमा परीरहेको छ । काठमाडौँ स्थीत कलंकीमा रहेको अस्पतालले सर्वसुलभ मुल्यमा प्रदान गर्ने अत्याधुनिक स्वास्थ्य सेवाका कारण सबैको रोजाईमा परेको हो ।  हालै अस्पतालले अन्तर्राष्ट्रिय स्तरको इमरजेन्सी सेवा सुरु गरिएको छ । २४ सै घण्टा विशेषज्ञ चिकित्सक सहित अन्तर्राष्ट्रिय स्तरको इमरजेन्सी सेवा सुरु गरीएको वरिष्ठ छाती रोग विशेषज्ञ तथा अस्पतालका निर्देश डा प्रकाश पौड्यालले नागरिकपोष्टलाई जानकारी दिनु भयो ।

अस्पतालले विशेषज्ञ सहितको मृगौला रोग सम्बन्धी सम्पूर्ण सेवा, हाड जोर्नी तथा नशा रोग, यौन तथा छाला रोगको सबै सेवा सर्वशुलभ ढंगले उपलब्ध गराएको छ । त्यस्तै मेडिसिन सम्बन्धी सबै सेवा, बाल रोग, सल्यक्रिया, यौन तथा छाला रोग, स्त्री तथा प्रसुती रोग, कृतीम गर्भधारन सम्बन्धी सेवा दिदै आएको छ । 

अस्पतालले अनुभवी विशेषज्ञद्धारा छिटो, छरिता,े सर्व सुलब तरिकाले आधुनिक प्रविधिबाट गुणस्तरीय सेवा प्रदान गर्दे आएको छ । सबै किसिमको रोगको उपचार एकै ठाउँमा सहजै हुने भएकोले छोटो समयमानै सबैको रोजाई परेको पौडेल बताउनु हुन्छ ।

स्त्री तथा प्रसुती रोग सम्बन्धी विशेष विशेषज्ञ उपचार सेवा 

 अस्पतालमा स्त्री तथा प्रसुती रोग सम्बन्धी विशेष विशेषज्ञ उपचार सेवा सुरु गरिएको छ । वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा शान्ति श्रेष्ठको नेतृत्वमा अस्पतालमा स्त्री तथा प्रसुती सम्बन्धी सबै रोगको उपचार समेत हुने पौडेल बताउनु हुन्छ।

वरिष्ठ डा।श्रेष्ठको टीममा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा।नमिता सिन्दान, स्त्री क्यान्सर रोग विशेषज्ञ डा।स्नग्ध्या राई, स्त्री प्रसुती तथा ल्याप्रोसकोपी विशेषज्ञ डा।एकता जैशवाल सहभागी रहेका छन् ।

विशेषतः अधिकांश महिलामा देखिने महिनावारी गडबडी यौनांग चिलाउने पाठेघर खास्ने पाठेघरमा ट्युमर पलाउने ओभरीको क्यान्सर गर्भ निरोधक विभिन्न अस्थायी साधनको गलत प्रयोग गर्दा आइपर्ने लगाएतका सबै समस्याको अनुभवि चिकित्सकद्धारा आवयक्ता अनुसार ल्याप्रोस्कोपी प्रविधि या अन्य विधिमार्फत उपचार गरिन्छ । यहाँ प्रसुती गराउने पनि राम्रो व्यवस्था छ । छिट्टै सुरक्षित गर्र्भपतन र नेपाल सरकारले उपलब्ध गराउने खोपको पनि व्यवस्था हुँदैछ ।

रोग लाग्नु भन्दा लाग्न नदिनुनै उत्तम हो। त्यसका लागि बेलाबेलामा स्वस्थ मानिसले पनि स्वास्थ्य परीक्षण गराउनु पर्छ र गराउन चिकित्सकहरुको सुझाव छ । 

Must View