नागरिक पोष्ट News


‘नारी दिवस’ को दिन नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दे, एभरेष्ट अस्पताल

1.6K

काठमाण्डौँ । नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पताल प्रालीले यहि फागुन २४ गते ‘नारी दिवस’ को दिन नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

यसदिन अस्पतालले विशेषगरि स्त्री रोगसंग संम्बन्धित नि:शुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याउने भएको हो ।

बरिष्ठ स्त्री रोग तथा निशन्तान विशेषज्ञ डा. जोत्सना शर्मा तथा ल्याप्रोस्कोपी सर्जन तथा निशन्तान विशेषज्ञ डा. राजन शाह र बेस्ट अनकोसर्जन डा. विकास शाहले स्तर क्यानसरको निशुल्क ओपिडी सञ्चालन गर्ने भएका छन् । यस सेवा २४ गते विहान १० बजे देखि साँझ ७ बजे सम्म सञ्चालन हुनेछ । स्त्री रोग तथा निशन्तान सम्बन्धी नि:शुल्क स्वास्थ्य परिक्षण र स्तन क्यान्सर सम्बन्धी सम्पूर्ण रोगको परामर्श जाचँ एवम् उपचार गरिनेछ ।

नेपाली समाजमा बाजोपन तथा स्त्री रोगको समस्या तथा स्तन क्यानसरको समस्या दिन प्रतिदिन बढ्दो, एभरेष्ट अस्पताल देखिएकोले एकदिने स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको अस्पतालका प्रशासकीय प्रमुख दिपक चन्द्र बरालले बताए । उनका अनुसार शिविरमा नि:शुल्क स्वास्थ्य परिक्षण र परामर्श साथै प्याप स्मेर जाँच गर्दा कुनै शुल्क नलाग्ने र अल्ट्रासउन्डमा ५० प्रतिशत, ल्याब टेस्टमा ३० प्रतिशत र अन्य अस्पतालले दिने सेवा समेत ३० प्रतिशत छुट दिने अस्पतालले जनाएको छ ।

पाठेघरमा मासु पलाएको निकाल्ने शल्यक्रिया, बिरामीको पाठेघर निकाल्ने शल्यक्रिया, अण्डामा शिष्ट पलाएको लगायत स्त्री रोग सम्बन्धी कुनै पनि समस्या भएका र उनीहरुको ल्याप्रोस्कोपी सर्जरीबाटै अप्रेशन गर्नु नै पर्ने अवस्था आएमा पनि यस शिविरको दिन ३० प्रतिशत छुटको व्यावस्था ल्याएका अस्पतालले जनाएको छ ।

Must View