के सत्ता गठबन्धनले प्रतिनिधसभा विघटन गर्न चाहेको हो ?
0.9K
काठमाडौँ - सत्ता गठबन्धनको एउटा घटक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्न सकिने बताएपछि संसद्को भविष्यलाई लिएर विभिन्न टीकाटिप्पणी सुरु भएको छ।
वर्तमान चारदलीय गठबन्धन सरकारले पनि तात्कालिक प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जस्तै प्रतिनिधिसभा विघटन त गर्ने होइन भन्ने आशङ्का कतिपयले गर्न थालेका छन्।
पत्रकारहरूसँग कुरा गर्दै नेता नेपालले आइतवार प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभामा अवरोध जारी राखिरहे विघटनतर्फ जान सकिने बताएका थिए।
"हाउस चल्न पनि नदिने, केही गतिविधि गर्न पनि नदिने, हाउसलाई पङ्गु बनाउने, भत्तासत्ता खाने, हामीलाई पनि हैरान पार्ने," उनले भने।