नागरिक पोष्ट News


राम्राे काम देख्न नसकेर  ‘प्रतिक्रियावादीहरू’ मिलेर हटाएको अध्यक्ष ओलीको जिकिर   

854

कास्की -  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरू मिलेर आफू नेतृत्वको सरकारलाई हटाएको बताउनुभएको छ । अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकार ढलाउन संसारभरका प्रतिक्रियावादीहरू एक भएको भन्दै उनीहरूविरुद्ध प्रतिवाद गरेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । 

पार्टी निकट मानव अधिकारवादीहरूको सङ्गठन मानव अधिकार एलाइन्सको पाँचौँ राष्ट्रिय महाधिवेशनलाई आज सोमवार पोखरामा उद्घाटन गर्दै उहाँले एमाले नेतृत्वको सरकारले राम्रो काम गर्दागर्दै प्रतिक्रियावादीहरू मिलेर ढालिदिएको बताउनुभयो । अध्यक्ष ओलीले एक हुल स्यालको प्रसङ्ग निकाल्दै भन्नुभयो, ‘स्यालको यस्तो धर्म हुन्छ, एउटा स्याल कराएकाे सुनेपछि सबैले ठाडो घाँटी लगाएर ‘हुहु’ गर्नुपर्छ नत्र टाउको फुटेर मर्छ । त्यस कारण दुनियाँभरिका प्रतिक्रियावादीहरू हाम्राविरुद्ध ठाडो घाँटी लगाएर हुहु गरे । त्यसको वैचारिक र व्यावहारिक ढङ्गले जवाफ दिनुपर्छ ।’

अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमालेबाट फुटेर नाम एकीकृत राखेकाे भन्दै कटाक्ष गर्नुभयाे । 

अध्यक्ष ओलीले अरूले एमालेको उचाइ प्राप्त गर्न पनि नसक्ने तर ईर्ष्या भने गरिरहने चलन नै भएको बताउनुभयो । 

Must View