नागरिक पोष्ट News


किर्तिपुर अस्पतालमा बर्न सचेतना मूलक कार्यक्रम २०७८ सम्पन्न

3.5K

काठमाडौं । कीर्तिपुरस्थित किर्तिपुर अस्पतालमा नेपाल बर्न फाउन्डेसन संस्थाले एल आर आइका छात्र छात्रा, र अन्य चिकित्सक , सदस्य पदाधिकारिलाइ बर्न सचेतना मूलक कार्यक्रम मिति २०७८ फाल्गुन २० गते शुक्रवारका दिन  कार्यक्रम सम्पन्न गरेको छ ।  संस्थाका अध्यक्ष प्रा.डा. पियुष दाहाल्, अतिथि वरिष्ठ उपाध्याय अधिबक्ता बाल कृष्ण गैरे, अतिथि उपाध्यक्ष नरदेबी बारिया, समरक्षक प्रा.डा. शंकरमान राइ, अतिथि शिक्षिका क्षितिजा श्रेष्ठ , अर्को अतिथि बर्न भायोलेन्स सर्भाइबर नेपालका प्रतिक्षा गिरी ,श्रीकृष्ण थापा,  महासचिब डा किरण नकर्मी , शिक्षक उमेश मुडबरी , त्यस्तै संस्थागत बोर्डका अन्य सदस्यहरु मिरा शाह्, कृष्ण श्रेष्ठ , पद्माशोभा महर्जन , लक्ष्मी प्रधान , र कार्यकर्म प्रस्तोता कोषाध्यक्ष हेमन्त ध्वजजोशिले गर्नुभयो ।  सहभागी छात्र छात्राहरुलाई जलनका बारेमा कतिको ज्ञान  अथवा जानकारी छ्, भन्ने बिषयमा प्रश्नपत्र पनि दिएको थियो र एल आर स्कुललाइ नेपाल बर्न फाउन्डेशनको तर्फवाट सम्मान स्वरुप प्रमाणपत्र यस अस्पतालको मेडिकल अध्यक्ष निजिना ताम्राकार्, प्रा.डा. पियुष दाहालले सकुलका शिक्षक उमेश सरलाइ प्रदान गर्नुभयो । सहभागी छात्र छात्राले कार्यकर्मको अन्तमा प्रश्नहरु, जिज्ञासा पनि राख्नु भयो।  कार्यकर्ममा नेपालमा वर्षेनी ५५ हजार भन्दा बढी जलनका शिकार भैरहेको, र मर्नेको संख्या पनि बढी नै रहेको छ्, तिनीहरूको उपचारमा जटिलता रहेको आदि कुराहरूको छलफल गर्नुभयो । जलनका बिभिन्न प्रकारहरु भएतापनि तेजाबले जलन भएको मात्रै बढी प्राथमिकता धेरैले दिएको देखिएको छ्,। तर जलनका जति  प्रकार भएँ पनि उपचार गर्ने तरिका सबै एउटै हुन्छ , र खर्चिलो पनि उस्तै भएकोले सरकार तथा सम्बन्धित निकायले अझ बढी जागरुक हुनु पर्ने समेत प्रा.डा. शंकरमान राइले आफ्नो मन्तव्य व्यक्त गर्नुभयो ।

 संस्थाले नेपालको बिभिन्न ठाउमा सचेतनामूलक कार्यकर्महरु गरेकोे र अझै विस्तार गर्ने बताउनु भयो । चिकित्सकहरु मात्र नभई नेपालका हरेक क्षेत्रका नागरिकहरुको सहभागीता हुनु पर्नेमा जोड दिनुभयो । जलनका घटनाहरु एकदमै पीडादायी , खर्चिलो , र गरिब तराइका अधिकांश यसको चपेटामा पर्दछन। त्यसैले नेपाल बर्न फाउन्डेशनले हरेक क्षेत्रमा यसको सचेतना जगाउने काम गर्दै आइरहेको छ्, । स्कुल्, क्याम्पस्, समुदाय , संघ संस्था , अस्पताल धेरै ठाउमा आफ्नो जनचेतना फैलाउने काम गरिरहेका छन् । यसमा सगुन नामको संस्थाले पनि उत्तिकै योगदान दिनु भएको छ्, । जलनका घटनाहरुलाइ कसरी कम गर्ने, कसरी सचेतना ल्याउने त्यो हामी हरेक  नेपालिको दायित्व हो, र हामी सबै हातेमालो गर्दै यसमा सहभागीता जनाउनु पर्छ । कीर्तिपुर अस्पतालको टोल फ्रि नं. मा कसैलाइ जलन भएमा लगतै सम्पर्क गर्न समेत अनुरोध गर्दछौ। टोल फ्रि सम्पर्क नं. १६६००१५१००० रहेको छ्, । 

Must View