नागरिक पोष्ट News


तारकेश्वर नगरपालिकामा सिप विकासका लागि १० दिने होटल तालिम सुरु

1.2K

काठमाडौं । तारकेश्वर नगरपालिकामा सिप विकासका लागि १० दिने होटल तालिम सुरु भएको छ । नगर महिला, बालबालिका तथा समाज कल्याण शाखाको आयोजनामा भएको कार्यक्रमको समापन फागुन २१ गते हुनेछ ।

आज एक कार्यक्रमबीच नगर प्रमुख रामेश्वर बोहराले तालिमको शुभारम्भ गर्नुभयो । तालिम उद्घाटन कार्यक्रममा नगर उपप्रमुख भवानी डोटेल धिताल, प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद लम्साल, नगर शिक्षा अधिकारी होमनाथ न्यौपाने, नगर प्रवत्ता बिदुर सापकोटा र वडा नं. ६ का अध्यक्ष मधु कार्की लगायत विभिन्न शाखाको प्रमुखहरुको सहभागितामा तालिम सुरु भएको छ ।

यस वर्षको होटल तालिममा तारकेश्वर १ ढकालचौरका २० जना महिलाले सहभागिता जनाएका छन् । अघिल्लो वर्ष तारकेश्वर २ का महिलाहरुले तालिम लिएर अहिले सफलतापूर्वक सामुहिक होटल व्यवसाय सञ्चालन गरेका छन् । उनिहरुको आर्थिक जीवनस्तर माथि उठेको नगर महिला तथा बालबालिका समाज कल्याण शाखाको निचोड रहेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख रामेश्वर बोहराले तारकेश्वर नगरपालिका काठमाडौं जिल्लाको दुर्गम क्षेत्र भएतापनि पर्यटनको हिसावले होमस्टे सञ्चालन गर्नुका साथै नगरबासीले आयआर्जन गर्नका लागि तालिम दिएको बताउनुभयो ।

नगरको वडा नं. १, २ र ३ का नागरिकहरुलाई सबैभन्दा पहिला सिप विकास तालिम दिएर उनिहरुको जिविकोपार्जनमा सहजता ल्याउने उद्देश्यका साथ नगरपालिकाले तालिम सञ्चालन गरेको बताउनुभयो । यस्ता तालिमले महिलाहरुको सशक्तीकरणमा सहयोग पु¥याउने उद्देश्यका साथ नगरपालिकाले आवश्यक सहयोग गरेको बताउनुभयो ।

तालिम पश्चात निरन्तरताको लागि आवश्यक सहयोग गर्ने बताउनुभयो।बोहराले नाम मात्रका तालिम नभएर जनताले प्रत्यक्ष लाभ लिने तालिम सञ्चालन गरेको बताउनुभयो । होटल तालिमका लागि आवश्यक विज्ञको व्यवस्था गरिएको छ ।

तारकेश्वर नगर महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख प्रतिमा मिश्रले कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पारेका थिए । जसमा महिलाहरुलाई रोजगारीको अवसर प्रदान हुनेछ । महिला भएको कारण ले हुने हिंसा न्यूनीकरण मा सहयोग पुग्नेछ । महिलाहरुको आथिक सशक्तीकरण हुनेछ ।

Must View