नागरिक पोष्ट News


तारकेश्वरमा प्रथम मेयर कप तथा अन्तर नगर कराते प्रतियोगिता २०७८ सुरु

1.1K

काठमाडौं । तारकेश्वरमा प्रथम मेयर कप तथा अन्तर नगर कराते प्रतियोगिता २०७८ सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि तारकेश्वर नगर प्रमुख रामेश्वर बोहराले आज एक कार्यक्रमबीच कराते प्रतियोगिताको उद्घाटन गर्नुभएको छ ।

तारकेश्वर वडा नं। ९ स्थित मनमैजु पुरानो वस्ती अवस्थित धर्मिक तथा ऐतिहासिक मन्दिर मनमैजु मन्दिर प्राङ्गणमा सुरु भएको छ ।

तारकेश्वर वडा नं। ९ का अध्यक्ष तथा तारकेश्वर नगर खेलकुद विकास समितिका प्रमुख बलराम सिटौलाको सभापतित्वमा भएको कार्यक्रममा तारकेश्वर ९ र १० का जनप्रतिनिधिहरु र नेपाली काँग्रेस तारकेश्वर नगर सभापति कृष्णहरि महर्जन लगायतका तारकेश्वरका राजनीतिक दलका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन भन्दा अगाडी खेलाडीहरुले र्याली गरेका थिए ।

वादोकाइ कराते डो संघ नेपालको आयोजना र तारकेश्वोर नगरपालिकाको सहकार्यमा आयोजित उक्त कार्यक्रममा नेपाल अधिराज्य भरका ३१ वटा नगरपालिकाबाट जम्मा १९० जना खेलाडीहरु सहभागीता रहेको छ । आज सम्पन्न भएको प्रतियोगितामा पुरुष ५५ केजिमा निलकन्ठ नगरपालिकाका मीन बहादुर तामाङले तारकेश्वोर नगरपालिका साहिल घलेलाई पराजित गर्दै स्वर्ण पदक हासिल गर्न सफल भएका छ्न् भने महिला ६१ केजिमा नागार्जुन नगरपालिकाका रमिता माझीले तारकेश्वोरका सम्झना पौडेललाई पराजित गर्दै प्रथम हुन् सफल भएकी छिन् ।

पुरुष खुल्ला र महिला खुल्ला तर्फ दुबै स्वर्ण तारकेश्वोरले हात पारेका छ्न् । जसमा अनिश लामिछाने र एरिका गुरुङ विजयी भएका छन् । त्यस्तैगरि काता बिधाको पुरुषमा गोलबजार नगरपालिकाका बल्लु रायन र महिला कातामा सिद्धिचरण नगरपालिकाका रोस्मा राई प्रथम हुन् सफल भएकी छ्नि ।

Must View