नागरिक पोष्ट News


राष्ट्रिय आविष्कार केन्द्रका दुई जना ईन्जिनियर तालिमको लागि केन्या प्रस्थान 

1.6K

काठमाडौँ - राष्ट्रिय आविष्कार केन्द्रका दुई बायोमेडिकल ईन्जिनियर तालिमका लागि केन्या प्रस्थान गरेका छन । केन्द्रमा कार्यरत ईन्जिनियरहरु उमेश राई र ईलेक्ट्रोनिक ईन्जिनियर महिप के.सी. नाइरोबी, केन्यामा हुन गैरहेको भेन्टिलेटर र एनेस्थेसिया मेसिनको ट्रेनिङमा एक हप्ताको लागि आज काठमाडौँ बाट केन्या उडेका हुन् । 

उनीहरुले कोरोनाको महामारीको समयमा अस्पतालहरुको बिग्रेका मेडिकल उपकरणहरुको मर्मत गर्ने कामको नेतृत्व गरेका थिए। साथै कोरोनाको समयमा स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागी चाहिने बिभिन्न सामानहरुको डिजाइन र निर्माणको काममा पनि अग्रपंक्तिमा काम गरेका आबिक्सर केन्द्रका संथापक एबम बैज्ञानिक महाबिर पुनले नागरिक पोस्ट लाई जानकारी दिए।  

सो तालिम Gradian Health System  नामक संस्थाले आयोजना गरेको हो। सस्था कै  निमन्त्रणामा उनीहरु तालिम लिन गएका हुन्।    कोरोनाको महामारीमा सो संस्थाले राष्ट्रिय आविष्कार केन्द्रलाई ५३ वटा भेन्टिलेटरहरु दान गरेको थियो।  ति भेन्टिलेटरहरु १० ओटा अस्पताललाई ५/५ वटाको दरले वितरण गरिएको थियो र ३ वटा जगेडा राखेको सस्थापक बैज्ञानिक पुनले जानकारी गराए । 

Must View