नेम्वाङले लिने चाहेनन् झलनाथ माधवको नाम , आखिर किन ?
काठमाण्डाै - प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष सुवाष नेम्वाङले एमाले फुटाएर स्वार्थ पूर्तिमा लागेको आरोप लगाउदै एकीकृत समाजबादी तर्फ लागेका नेताहरुको नाम नै उच्चारण गर्न ईन्कार गरेका छन्।
शनिबार काठमाण्डौमा आयोजित प्रेस चौतारी नेपाल, वाग्मती प्रदेश, प्रतिष्ठान र एशोसिएटको प्रदेश स्तरिय अधिबेसनमा बोल्दै नेता नेम्वाङ्गले पार्टी अध्यक्ष केपी सर्मा वली नेतृत्वको सरकारलाई अनेक तिकडमबाजी गरेर अप्राकृतिक तबरले असफल बनाउने प्रयास गरेको भन्दै पूर्व सहकर्मी समेत रहेका नेताहरुको नाम नै सम्झना गर्न लायक नभएको तर्क दिनु भयो ।
तत्कालिन समयमा धरहरा र रानीपोखरी लगायतको संरचना निर्माणको प्रसंगमा नेता झलानाथ खनालको अभिव्यक्ति भाईरल भएको थियो। कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टीले ठूलो चुनौती मोलेर बनाएको नेपालको चुच्चे नक्सा वर्तमान सरकारले गायब गरेकाे बताउनुभएकाे हाे । प्रधानमन्त्री शेरबहादुर देउवाले आफैले सार्वजनिक गरेको सय दिनको कार्यक्रमबाट समेत गायब बनाएको भन्दै नेम्वाङले आक्रोश पाेख्नुभयाे ।
'यो देशको राष्ट्रियताको सन्दर्भमा लडाइ लड्ने सिलसिलामा लिपुलेक, लिम्पियाधुराको चुच्चेनक्सा हामीले बनायौं । यो कम ठूलो कुरा थियो ? कम्ति चुनौती थियो यसमा ?', उहाँले भन्नुभयाे, 'हामीले त्यतिबेला सरकारको सय दिनको काम सार्वजनिक गर्ने बेलामा हामीले चुच्चे नक्सा छापेका थियौं । तर यो सरकारले सय दिनको काम सार्वजनिक गर्ने बेलामा हेर्नुस्त ? त्यहाँ नेपालको लागो छ । तर लिपुलेक, लिम्पियाधुरा सहितको चुच्चे नक्सा गायब छ ।'
संविधानसभाका अध्यक्ष समेत रहनु भएका उपाध्यक्ष नेम्वाङले सत्तारुढ दलहरु भित्रभित्रै पालिकाको चुनाव पछि धकेल्ने खेलमा लागि परेको आरोप समेत लगाउनु भएको छ ।उहाँले विगतमा पनि चुनावमा जानेभन्दा डराउने गरेका केही साथीहरुले तोकिएको पालिकाको चुनाव पनि पछि सार्ने खेल खेलिरहेको बताउनु भएको हो ।
आफ्नो पार्टीको जोडबलमा घोषणा गरिएको पालिकाको चुनाव पनि सत्तारुढ दलहरुले सार्ने प्रयास गरिरहेको भन्दै आपत्ति जनाउनु भयो । उपाध्यक्ष नेम्वाङले प्रचण्ड, माधव नेपालहरुप्रति संकेत गर्दै केही साथीहरु चुनाव भनेपछि किन डराउछन ? भनि प्रश्न गर्नु भयो ।
‘केही साथीहरु किन जनतामा जाने भन्दा डराउँछन ? प्रतिगमन भन्छन् । भरसक जनतामा जाने मिति पर सार्छन्', उहाँले भन्नुभयाे, 'बल्लबल्ल तपाईँ–हामीले लडेर पालिकाको चुनावको मिति तोकाएका छौं । तर अहिले पनि भित्रभित्र खेलोफड्को भइरहेको छ ।’