नागरिक पोष्ट News


एमसीसी मुलुकका लागि निकै खतरानाक : नेत्र बिक्रम चन्द

1K

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द बिप्लवले अमेरिकी सहायता परियोजना एमसीसी मुलुकका लागि निकै खतरानाक रहेको बताउनु भएको छ ।

vlcsnap-2022-03-04-19h28m01s186.png

शुक्रबार आठ राजनीतिक दलले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले एमसीसी कुनै विकास अनुदान नभएर विकासको नाममा आएको साम्राज्यवादी हस्तक्षेप भएको समेत बताउनुभयो । महासचिव विप्लवले एमसीसी कुनै पनि हालतमा लागू हुन नदिइने र खारेज गरेरै छाड्ने चेतावनी दिनुभयो ।

vlcsnap-2022-03-04-19h27m53s102.png

उहाँले आफूलाई प्रजातन्त्रवादी भन्नेहरु, अझ कम्युनिष्ट भन्नेहरु, हँसिया हतौडाको बिल्ला भिरेकाहरुले देशलाई घात गरेको बताउनुभयो । बिप्लवले कांग्रेस र कम्युनिस्ट नेताले देशलाई संसदबाट बेच्न खोजिरहेको आरोप पनि लगाउनुभयो ।

vlcsnap-2022-03-04-19h28m12s35.png

कांग्रेसले गरेको राष्ट्रघाती कदमले जनतालाई आक्रोशित बनाएको भन्दै यसको जवाफ निर्वाचनमा पाउने बताउनुभयो । त्यस्तै उहाले एमसीसी जनताको अधिकारसँग जोडिएको विषय भएको भन्दै फागुन १५ गते कालो दिन भएको बताउनुभयो ।  

Must View