नागरिक पोष्ट News


तारकेश्वर १० ले फागुन १२ गते वडाबासीको निःशुल्क खकार परिक्षण गर्ने

1K

 

काठमाडौं । तारकेश्वर १० मा भोली निःशुल्क खकार परिक्षण हुने भएको छ । आज एक सूचना निकाल्दै वडा नं. १० का अध्यक्ष अमृत थापाले वडाबासीलाई खकार परिक्षणमा सहभागी हुन् अनुरोध गरेका छन् । शहरि स्वास्थ्य केन्द्रले भोली बिहान १० बजेदेखि १ः०० बजेसम्म खकार संकलन गरी दिउँसो २ः०० बजेसम्म परिक्षण गर्न लागेको स्वास्थ्य इन्चार्ज रश्मी केसीले बताउनुभयो ।

वडाबासीको स्वास्थ्यलाई मध्यनजर गर्दै क्षयरोग सम्बन्धी निःशुल्क खकार परिक्षण हुन लागेको हो । खकार परिक्षण गर्न लामो समयदेखि खोकी लागेकाहरु जान सक्नेछन् । सुगर, प्रेसर र दमका रोगीहरुले पनि खकार परिक्षण गर्न पाउनेछन् । त्यस्तै कलकारखानामा काम गर्ने सम्भावित संक्रमितहरुको खकार परिक्षण हुनेछ । क्षयरोगसँग मिल्दोजुल्दो लक्षण देखा परेका रसंकास्पद बिरामीहरु, बृद्धवृद्धाहरु र भिडभाडमा बस्ने आवश्यक पर्नेहरुको खकार परिक्षण गरिनेछ ।

 

 

 

Must View