नागरिक पोष्ट News


गनगने गायक संगम थापाको अर्को भाईरल गीत  “सेतो सेतो कमेरो माटो” सार्बजनिक (भिडियो सहित)  

3.6K

काठमाण्डौ - गीत सार्बजनिक हुनुपुर्ब नै टिकटकमा अत्यधिक रुचाइएको गनगने गायक संगम थापाको अर्को भाईरल गीत  “सेतो सेतो कमेरो माटो” सार्बजनिक भएको छ।  लाइभ दोहोरीमा समेत धेरै प्रयोग भएको गाउन  सरल र मनछुने शब्द बाट बुनिएको कारण पनि यति बेला टिक टकमा समेत भिराल छ। 

गीतमा  लय सुफिक्स मदनले भरेका हुन् भने शब्द संगम थापा कै  रहेको छ ।  गायनमा थापालाई गायिका  प्रतिमा अर्यालले साथ् दिएकी छिन  । यस अघि प्रतिमा र संगम कै गीत “ओई गनगन”ले काँठे लोक दोहोरि क्षेत्रको स्थान नै सांगीतिक बजारमा उचालिदिएको थियो।

यस गीतको म्युजिक भिडियोमा निरज श्रेष्ठ, जिबन कार्की र अनु पराजुली लगाएत कलाकारहरुको  अभिनय देख्न सकिन्छ । अर्जुन महर्जनद्वारा निर्देशित “सेतो सेतो कमेरो माटो” बोलको गीतको म्युजिक भिडियोलाई छायांकन सरोज शाही र सम्पादन रोशन धितालले गरेका छन् ।

 

Must View