नागरिक पोष्ट News


न्यानो कपडा पाएर नाचे तामाकोसी स्थित  गुप्तेश्वर माविका शिक्षक र बिद्यार्थी ( भिडियो सहित )

2.4K

दोलखा - बिभिन्न सामाजिक गतिविधिमा क्रियाशील सामाजिक सस्था लायन्स क्लब अफ काठमाडौँ  ग्यालेक्सी प्राइम र पन्चकन्या बचत तथा ऋण सहकारी सस्थाको संयुक्त आयोजनामा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ । बिकट स्थानमा रहेको दोलखा स्थित तामाकोशी गाउपलिका वडा नम्बर ४ मालुमा अबस्थित  गुप्तेश्वर माविमा अध्यनरत सबै बिद्यार्थी तथा बिद्यालयमा कार्यरक शिक्षक र  कर्मचारीहरुलाई बिद्यालयमा एक बिसेष कार्यक्रम गरि न्यानो कपडा वितरण गरिएको हो । 

तामाकोशी गाउपलिका वडा नम्बर ४ का अध्यक्ष होम बहादुर श्रेष्ठ , विद्यालयका प्रधानाध्यापक डोलबहादुर बस्नेत , ब्यबस्थापन समितिका अध्यक्ष कुमुद राज योगी, शिक्षक अभिभाबक संघका अध्यक्ष  लगायत बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरु , अभिभाबक तथा बिध्यार्थीहरुको उपस्थितिमा सभ्य र भब्य रुपमा सम्पन्न एक बिसेष समहरोहका बीच बिद्यार्थीहरुलाई उक्त सैक्षिक सामग्री वितरण गरिएको हो। 

 

 

बिकट भूगोलमा रहेको उक्त बिद्यालयमा न्यानो कपडा वितरण गर्न  लायन्स क्लब अफ काठमाडौँ  ग्यालेक्सी प्राइमका अध्यक्ष नारायण प्रसाद पाण्डे ,  लायन्स क्लब अफ काठमाडौँ  ग्यालेक्सी प्राइमका  उपाध्यक्ष एबम पन्चकन्या बचत तथा ऋण सहकारी सस्थाका सीईओ दिनेश पोख्रेल , लायन्स क्लब अफ काठमाडौँ  ग्यालेक्सी प्राइमका  सचिब पोषनारायण भण्डारी , लायन्स क्लब अफ काठमाडौँ  ग्यालेक्सी प्राइमका कोषाध्यक्ष सुरज न्यौपाने , लायन्स क्लब अफ काठमाडौँ  ग्यालेक्सी प्राइमका सदस्य एबम पन्चकन्या बचत तथा ऋण सहकारी सस्थाका म्यानेजर ठाकुरनाथ आचार्य , लायन्स क्लब अफ काठमाडौँ  ग्यालेक्सी प्राइमका सदस्य महेश्वर पौडेल , लायन्स क्लब अफ काठमाडौँ  ग्यालेक्सी प्राइमका सदस्य मुकुन्द राज पाण्डे लगायतको टोलि काठमाडौँबाट दोलखा गएको थियो। 

जनजाति एबम आर्थिक विपन्नता भएको बिद्यालयमा अध्यनरत बिद्यार्थीलाई यसरी शैक्षिक सामग्री वितरण गर्न पाउदा सहयोगी सस्था लायन्स क्लब अफ काठमाडौँ  ग्यालेक्सी प्राइमका अध्यक्ष नारायण प्रसाद पाण्डेले खुशी ब्यक्त गर्नु भयो। स्थायी  घर तामाकोशी मालु नै भएका  लायन्स क्लब अफ काठमाडौँ  ग्यालेक्सी प्राइमका  उपाध्यक्ष एबम पन्चकन्या बचत तथा ऋण सहकारी सस्थाका सीईओ दिनेश पोख्रेलले आफ्नै गाउमा रहेको त्यसमाथि आफुले कखरा सिकेको बिद्यालयमा यसरी शैक्षिक सामग्री वितरण गर्न पाउदा निकै नै खुशी लागेको बताउनु भयो। 

 

विद्यालयका प्रअ डोलबहादुर बस्नेतले ३०/३५ बर्षकै इतिहासमा पहिलो  पटक यसरी बिद्यार्थी लाई सहयोगी हातहरु मार्फत यसरी सहयोग पाउदा खुशी लागेको बताउनु भयो। बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कुमुद राज योगीले यस्ता प्रकारका सहयोगका कार्यक्रम बिद्यालयमा आउदा सबैको मुहारमा खुशी छाएको बताउदै आयोजक सस्थालाई धन्यवाद दिनु भयो। 

वडा अध्यक्ष एबम कार्यक्रमका प्रमुख अतिथि होमबहादुर श्रेष्ठले यस्ता सहयोगी हातहरु बिकट तथा दुरदराजको अन्य बिद्यालयमा समेत पुग्नु पर्ने कुरामा जोड दिनु भयो।  सामाजिक र मानबिय कार्य गर्न यति टाढाको बिद्यालयमा आउदा कस्ट धेरै नै भएको भए तापनि बिद्यार्थीहरुको स्वागत र न्यानो कपडा वितरण पश्चात बिद्यार्थीहरुको मुहारमा छाएको खुशीले सबै कुरा भुलाई दिएको आयोजक टिमका पधादिकारीहरुले खुशी ब्यक्त गर्नुभयो। 

न्यानो कपडा पाएका बिद्यार्थी तथा शिक्षकहरुले समेत खुसि ब्यक्त गरे।  न्यानो कपडा वितरण पश्चात खुशीले बिध्यार्थिहरु संगै शिक्षकहरु समेत छमछमी नाचेका थिए।  

 

Must View